बोक्सो भनेर निर्दोष थारुको निर्मम हत्या

Read Time:2 Minute, 0 Second

आदिवासी जनजाति मध्येमा पनि इमान्दार जातीको रुपमा परिचित थारु समुदायका एक निर्दोष व्यक्तिलाई बोक्सो भनेर हत्या गरिएको छ ।

बाँके महादेवपुरी गाविस-५ नयाँगाउँ निवासी ५० वर्षीय सुन्दरलाल थारुलाई उच्च जातीका भनाउँदाहरुले कुटपिट गरेर मारेका हुन । गाउँमा बिरामीलाई झारफुक गर्न धामी बसेका बेला थारुलाई बोक्सो भएको आरोपमा साउन ५ गते बिहान पिटीपिटी मारेका हुन ।  थारुलाई मारेपछि उपचार गर्न भनेर  मेडिकल कलेज नेपालगन्जमा लगिएको थियो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरीनायब उपरीक्षक उदय तामाङले प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको बताएका छन् । तामाङ्गका अनुसार शव पोस्टमार्टमका लागि भेरी अाचल अस्पताल नेपालगन्जमा राखिएको छ ।

देशका विभिन्न भागमा शासक जातीका मानिसहरुले बोक्सो बोक्सीको बहानामा महिला आदिवासी जनजाति दलित मधेशीलाई निर्ममता पूर्वक हत्या गर्दा पनि एकाध वाहेक कानुनको दायरामै आउँदैनन् । ठूला जाती र सम्पन्न परिवारकालाई बोक्सो वा बोक्सीको आरोप लाग्ने गरेको प्रमाण अहिलेसम्म कतै फेला परेको छैन । मरेको गाइ काटेको निहुमा जनजातिलाई जेलमा कोच्ने माओवादी नेतृत्वको गृहप्रशासनले सुन्दरलालको हत्यारालाई भने यो समाचार तयार पर्दासम्म पक्राउ गरेको छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %