नवनियुक्त कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक किशोरकुमार लामाले सशस्त्र प्रहरी बललाई व्यावसायिक विशिष्टीकरण र आधुनिकीकरण गर्न आफूले बीऊ रोप्ने बताएका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा बलका अधिकृत तथा जवानलाई निर्देशन दिँदै लामाले आफूले सोको जग हालेपछि आगामी नेतृत्वले त्यसलाई अगाडि बढाउने विश्वास व्यक्त गरेका हुन ।
साउन १ गते कामु महानिरीक्षक बनेका लामाले बलका सबै अतिरिक्त महानिरीक्षक सबै क्षेत्रका बाहिनीपति नायब महानिरीक्षकलगायत उपत्यकास्थित सबै एपिएफ इकाईका प्रमुख एपिएफ अधिकृत तथा जवानलाई निर्देशन दिने क्रममा यस्तो धारणा राखेका हुन ।
कामु महानिरीक्षक लामाको उक्त पहिलो निर्देशन सम्बोधनलाई सशस्त्र प्रहरी बलको साचारद्वारा देशभरका एपिएफ इकाईमा प्रत्यक्ष प्रसारण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । लामा यही साउन १४ गतेसम्म मात्रै महानिरीक्षकको रुपमा रहनेछन् । ३० वर्षे उमेरहदका कारण उनले अवकाश पाउने भएको हो ।
