
सशस्त्र प्रहरी बलको कामु महानिरीक्षकमा किशोरकुमार लामा नियुक्त भएका छन् ।
अतिरिक्त प्रहरी महानिरीक्षक लामालाई साउन १ गते बसेको मन्त्रीपरिषदको वैठकले कामु महानिरीक्षक बनाउने निर्णय गरेको हो ।
लामा सशस्त्र प्रहरीको महानिरीक्षको रुपमा जम्मा दुई हप्ता मात्रै रहनेछन् । लामाले ३० वर्षे सेवा अवधिका कारण साउन १४ गते अवकास पाउँदैछन् । सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत ३१ असारमा रिटार्यड भएपछि खाली रहेको स्थानमा लामा बढुवा भएका हुन ।
लामा २०३८ साउन १५ गते सहायक प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०६४ पुस ३० गते सशस्त्र प्रहरी बलको एआइजीमा बढुवा भएका थिए ।
लामाको ‘लागु औषध अपराध निर्मुलीकरण’, ‘कर्तव्य ज्यान अनुसन्धान’, ‘संविधानसभा निर्वाचनमा उम्मेदवारका सुरक्षा’ लगायतका पुस्तक प्रकाशित छन् ।
