युद्धताका अर्काको गाईगोरु खोसेर काट्दै खाने एमाओवादी नेता तथा वर्तमान गृहमन्त्री कृष्णबहादुर महराको निर्देशनमा दुई जना पक्राउ परेका छन् । बाँके रनियापुर-४ बस्ने मल्के खाँ र सहिद आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
असार ३२ गते राति गाई काटेको निहुँ बनाउँदै प्रहरीले पक्राउ गरेको हो । यससम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयको दाबी छ ।
खासगरी धर्मनिरपेक्षताका पक्षपातीलाई मरेको गाई मारेको बहानामा फसाउन ठूलो षडयन्त्र भईरहेको बुझ्न गाह्रो छैन । मुस्लिम, बुद्धिस्ट, किरात, इसाई, कि्रश्चियन लगायतका धर्मावलम्बीलाई फसाउन अति हिन्दुवादी समूह सकि्रयता पूर्वक लागेका छन् ।
