रामबहादुर थापा बादललाई प्रधानमन्त्री बनाउन माग

Read Time:2 Minute, 15 Second


एकिकृत नेकपा माओवादी महासचिव रामबहादुर थापा बादललाई प्रधानमन्त्री बनाउन त्यसपार्टीका केही जनजाति सभासदले माग गरेका छन् । असार ३० गते पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर उनीहरुले यस्तो माग गरेका हुन । राष्ट्रिय जनमुक्ति पार्टीबाट राजनीतिक अनुभव बोकेर कम्युनिष्ट राजनीतिमा हाम्फालेका पूर्व मन्त्री तथा माओवादी  नेता गोपाल किरातीको नेतृत्वमा गएका सभासदहरुले यस्तो माग गरेका हुन ।

पुष्पकमल दाहाल, मोहन वैद्य र बाबुराम भट्टराईले लाए अह्राएको वाहेक एक शब्द निकाल्न नसक्ने जनजाति सभासदले जनजाति समुदायका नेतालाई प्रधानमन्त्री बनाउन आग्रह गर्नुलाई सकारात्मक रुपमा लिनुपर्दछ । तर यो माग जनजाति सभासदहरुको सकि्रयता भन्दा पनि दाहाल वैद्य र भट्टराईवीचको गुटबन्दीका कारण बाहिर आएको माओवादी भित्रियाहरुको भनाई छ । दुई अध्यक्षले गर्दा दुखीरहेको अध्यक्ष दाहालको टाउकोमा शितलता दिन यस्तो निर्देशन दिइएको बुझ्न गाह्रो छैन । तर यो रामबहादुरलाई साँच्चिको प्रधानमन्त्री बनाउन उठेको चर्चा भने अवश्य होइन ।

जनजातिको विषय एकशब्द नबोल्ने भएपनि रामबहादुर मगर भएकै कारण प्रधानमन्त्री बन्न नदिने प्राय निश्चित छ । किनभने माओवादी युद्ध शुरु हुनु भन्दा पहिला संचालित सिज अभियान सफल भएपछि देखिनै उनलाई षडयन्त्र पुर्वक घटुवा गरिएको थियो । अहिले पनि उनी घटुवा मै छन् । युद्धताका एक दुई नम्बर रहेर राजनीति गरेका रामबहादुर अहिलो एमाओवादीमा पाँचौ स्थानमा छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %