राष्ट्रिय जनमुक्ति पार्टीका तेह्रथुम जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर तुम्बाहाम्फेको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । काठमाडौं छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचारत तुम्बाहाम्फेको गत हप्ता शल्यकि्रया भएको थियो । शल्यकि्रयाको क्रममा उनको पेटको आन्द्रको केही भाग काटेर फालिएको थियो ।
८१ वर्षीय तुम्बाहाम्फेको उपचारमा सरकारले कुनै चासो देखाएको छैन । विगत १२ वर्षदेखि राजमुपा तेह्रथुमका अध्यक्ष रहँदै आएका उनी निकै जुझारु र इमान्दार नेताको रुपमा परिचित छन् ।
यसैवीच राजमुपा केन्द्रिय उपाध्यक्ष शिवलाल थापा, उपमहासचिव चन्द्र श्रीस र शिवलाल थापाले तुम्बाहाम्फेलाई भेटेर स्वास्थ्यस्थितबारे जानकारी लिएको छ ।
