
पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ्गसँग विशेष अदालतले ५ करोड रुपियाँ धराटी मागेको छ । विशेष अदालतका न्यायधिश गौरीबहादुर कार्की ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले असार ३० गते धरौटी मागेको हो । यसअघि दिनेश केसीलाई रु ३५ र दीपेन्द्रबहादुर विष्टलाई जम्मा रु १ करोड धरोटी मागेको छ ।
सुडान मिसनका गएका प्रहरीका लागि आवश्यक सामग्री भुत्तानी दिएको बेलामा आइजिपी भएको नाताले गुरुङ्गसँग रु ५ करोड धरौटी मागेको छ । तर खरिद प्रकि्रयाको योजनादेखि सामान खरिद र भुक्तानीका बेलाका कुनै पनि गृहमन्त्रीलाई यो काण्डमा मुछिएको छैन । यो काण्डको शुरुदेखि एमालेका वामदेव गौतम र भीमबहादुर रावल र काँग्रेस कृष्ण सिटौला गृह मन्त्री रहेका थिए । गृह प्रशासन र नेपाल प्रहरीबारे जानकार जो कोहीले भन्न सक्छ गृहमन्त्रीको निर्देशन विना यति ठूलो खरिद प्रकि्रया पुरा हुन असम्भव छ ।
