काठमाडौं, अषाढ २९
गैरन्यायिक हत्याको आरोपमा सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाई गर्दे उनको बढुवामाथि काम नगर्न दिइएको आदेश सर्वोच्चले पुन फेरेकोछ । तर सर्वोच्च अदालतले हत्या अभियोग लागेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुवेरसिंह रानामगरमाथिको अनुसन्धान जारी राख्न भने आदेश दिएको छ ।
सशस्त्र द्वन्द्वमा धनुषामा पाँच जना युवालाई समातेर हत्या गरि गायब पारिएको रानामाथि अभियोग छ । सर्वोच्चले अनुसन्धान जारी राख्न र अनुसन्धानका विषयमा हरेक महिना जानकारी गराउन आदेश भनकोछ । जानकारी मानवअधिकारआयोगले दिनेछ । सर्वोच्चका न्यायाधीशद्वय ताहिर अलि अन्सारी र भरतबहादुर कार्कीको संयुक्त इजलासले यस्तो निर्णय गरेकाहुन् ।
मुद्दा सुनुवाई गर्दे सर्वोच्चले असार २१ गते एआईजीको हैसियतमा एक साता कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेकोथियो । अहिलेको फैसलामा भनिएकोछ ‘ज्यानसम्बन्धि अभियोग लागे पनि दोषी ठहर भइनसकेकोले बढुवा रोक्नु न्यायसम्मत् मानिएन’ ।
रानालाई गृहमन्त्री कृष्णबहादुर महराले असार ८ गते एआईजीमा बढुवा गरेकाथिए । रानाको बढुवा बदर हुनुपर्ने मागसहित अधिवक्ता सुनिलरञ्जन सिंहले असार १३ गते सर्वोच्चमा रिट दायर गरेका थिए । राना अदालतमा मुद्दा प्रमाणित नभए ४ महिनापछि प्रहरी प्रमुखको पद सम्हाल्दैछन् ।सर्वोच्च अदालतको फैसलापछि राना मगरले एआइजीको हैसियतमा आफ्नो जिम्मेवारी वहन गर्न खुल्ला भएको छ । उनी काठमाडौं महानगरीय प्रहरी आयुक्त कार्यालयको समेत प्रमुख हुन ।
एआइजी राना माथिको ग्रहण केहि हट्यो, अझै बाँकी छ कालो बादल
Read Time:2 Minute, 16 Second
