गत वर्ष तुलसीपुरमा भएको सामूहिक बलात्कारको घटनामा संलग्न चारजनालाई १०।१० वर्ष कैद र ३ जनालाई २।२ वर्ष कैदको सजाय सुनाएको छ । जिल्ला अदालत दाङले तुलसीपुर नगरपालिका -५ का बुद्धिप्रकाश केसी, सुनिल वली, तुलसीपुर- ६ का यादव टण्डन खत्री र सुरेश केसीलाई दश वर्ष खोरमा राख्ने फैसला गरेको हो । जिल्ला न्यायाधीश मोहम्मद जुनेद आजादको इजलाशले यस्तो फैसला गरेको हो ।
त्यसैगरी तुलसीपुर- ५ का सचिन योगी कृष्णसागर वली र मिनकेतन गिरीलाई २।२ वर्षको कैद सजाय दिइएको छ । उनीहरुले गत वर्ष असार १५ गते तुलसीपुरस्थित बसपार्कको एक होटलमा बास बसेकी रुकुम घर भएकी २३ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेका थिए ।
घटनाका दोषीलाई कारबाहीको माग गदै यहाँका विभिन्न महिला अधिकारकर्मी र महिला साचारकर्मीले विभिन्न चरणमा आन्दोलन गदै आएका थिए । घटनामा संलग्न अन्य ३ जना भने प्रहरीले अझै पक्राउ गरेको छैन । पीडिततर्फबाट जिल्ला सरकारी वकिलका साथै अधिवक्ताहरु प्ाद्म बैदिक अनिरुद्र गिरी र मदन पोखे्रलले बहस गरेका थिए ।
