
आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको वेभसाइट http://www.nfdin.gov.np/ लगअन गर्ने जोकोहीले भन्छ प्रतिष्ठानका उपाध्यक्ष जीतपाल किराती हुन । तर वास्तविकता नेपाल सरकार मातहत रहेको जनजाति प्रतिष्ठानको अधिकारीक वेभसाईटले भने जस्तो भने होइन । नेपाल मगर संघका अध्यक्ष झकबहादुर थापाले कार्यभार सम्हालेको एकहप्ता भईसक्दा पनि यो वेभसाईतमा प्रतिष्ठानको उपाध्यक्षको हैसियतमा किरातीको शुभकामना छ । जबकी किरात उपाध्यक्ष नरहेको महिनौं भईसकेको छ । नहुने विरुवाको फुस्रो पात भनेको यहि को कि क्या हो ?
