पाल्पा, २७
पुर्वी पाल्पाको गल्धा गाविसमा फैलिएको झाडापखालाबाट एक गर्भवती महिला सहित दुई वालsको मृत्यु भएको छ । झाडापखालाबाट वडा नं. ८ गल्धाफाटँमा वर्ष २८ की नर्मती रुचाल मगर, वडा नं २ का १० वर्षिय जगत बयम्वु मगर र १५ वर्षिय हस्तबहादुर वयम्वुको मृत्यु भएको हो । झाडापखालावाट विरामी भएकी गर्भवती रुचालको उपचारका क्रममा तानसेनमा मृत्यु भएको हो ।
उनीहरुको शनिवार मृत्यु भएको स्थानीय गिता ज्ञवालीले बताइन् । झाडापखालावाट गाविसको वडा नं. १, २, ३ र ८ मा करिव ५० जना विरामी परेका छन् ।
दुषित पानी र बंगुरको मासु खाएका कारण चारदिन देखि गाउँमा झाडापखाला फैलिएको स्थानीयबासिले बताएका छन । गल्धाका खरकडाडाँ, गाबुँडाडा, राईकोट, धनुवास, गल्धाफाँट, बाङ्लाङ, कोटथर लगायतका गाउँका ५० भन्दा बढी झाडापखालाले बिरामी परेका छन् । उपस्वास्थ्य चौकीका इन्चार्जं गणेश गैरे ५ दिन देखि नभएकाले उनीहरुको उपचारमा समस्या भएको थियो ।सञ्चार सेवाको अभाव र बर्षाको समय भएकोले यातायातका साधन नचल्दा आईतवार राती अवेर सम्म घटनाको विस्तृत विवरण आउन सकेको थिएन । झाडापखाला प्रभावीत गल्धा गाविस सदरमुकाम तानसेन देखि ६५ किलोमिटर पुर्वमा पर्छ । झाडापखालाको प्रकोप फैलने डरले गाउँहरुले त्रसित छन् ।
साता पछि मात्र बिरामीले डाक्टर पाए
झाडापखाला प्रभावीत पाल्पाको गल्धामा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको टोली सोमबार आज दिउसो मात्र प्रभाबित क्षेत्रमा पुगेको छ । गल्धा गाबिसको गल्धा फाटमा हिजो साझ पुगेको टोली आज २ घण्टाको बाटो हिडेर प्रभाबित क्षेत्रमा पुगेको हो । गल्धा गाबिस वडा नम्बर १ ,२ ,३ का खरकडाडाँ गाबुडाडा र राईकोट लगायतका क्षेत्रमा बिगत २ हप्तादेखि झाडापखाला फैलिएको थियो । स्वास्थ्य टोली भर्खर मात्र प्रभाबीत क्षेत्रमा पुगेको र बिरामीहरुलाई नजिकको बिधालयहरुमा जम्मा पारी उपचार गर्न लागीएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताउनुभएको छ । अधिकारीका अनुसार झाडापखाला बाट बिरामी हुने हरु मध्ये, छ सात जनाको अबस्था गभिर छ । झाडापखालावाट ३ जनाको ज्यान गइसकेको छ । खरकडाडाका १७ बर्षका हस्त बहादुर बयम्बु र १६ बर्षका जगत बयम्बु र २८ बर्षका तिलकुमारी भनिने नरमति रुचालको ज्यान गएको हो । गाउँबाट मेडिकल टाढा रहेको र उपचारका लागि बिरामीलाई बोकेर टाढा लैजानुपर्ने बाध्यता गाउँमा रहेको छ । गाउँमा झण्डै ५० बिरामी छन् ।
देब पचभैया
