सगरमाथा आरोहण गरेर ३९ दिनको यात्रापछि बङ्गालको खाडी हिन्द महासागरमा पुगेर विश्व कीर्तिमान कायम गरेका सानुबाबु सुनुवार र लात्पा छिरी शेर्पा सम्मानित भएका छन् । रामेछापका सुनुवार र सोलुखुम्बुका छिरी शेर्पालाई असार २६ गते सुनुवार सेवा समाजले राजधानीमा सम्मान गरेको हो ।
उनीहरुले गत जेठ ७ गते सगरमाथाको चुचुरोमा पुगी चुचुरोभन्दा ३० मिटर माथिसम्म प्याराग्लाइडिङ गरी नाम्चे पुगेर प्याराग्लाइडिङ कायाकिङ, क्यानोइङ साइकल र पैदलयात्रा गरी यही असार १४ गते शून्यतह बङ्गालको खाडी हिन्दमहासागरसम्म पुगेर विश्व कीर्तिमान राखेका थिए ।
कार्यक्रममा कीर्तिमानी सुनुवारले यसरी साहसिक यात्रा गर्ने विश्वकै आफूहरु पहिलो भएको दाबी गर्दै सरकारले आफूहरुलाई सहयोग गर्ने आसा व्यक्त गरे । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले कीर्तिमानी युवाको रेकर्ड गिनिज बुकमा लेखिनुपर्ने बताए । गिनिजमा लेखाउने पुरा गर्नुपर्ने प्रकि्रया र त्यसम्बन्धमा आफूहरुले काम गरे नगरेकोबारे भने सुनुवारले कार्यक्रमा केही बताएनन् ।
