मगर समाज सेवा केन्द्रको नयाँ एम्बुलेन्स

Read Time:1 Minute, 16 Second

मगर समाज सेवा केन्द्र ललितपुरले नयाँ एम्बुलेन्स सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शक्तिबहादुर बस्नेतलाई बोलाएर समाजले नयाँ एम्बुलेन्सको शुभारम्भ गरेको हो ।  २०५२ मा स्थापित केन्द्रले २०५५ सालदेखि एम्बुलेन्स सेवा प्रदान गर्दै आइरहेको छ । मारुती गाडीलाई एम्बुलेन्स सेवामा प्रयोग गरिँदै आइरहेको भए पनि सो गाडी पुरानो भएका कारण हाल शव वाहनका रुपमा प्रयोग गरिएको छ ।

नयाँ एम्बुलेन्स सेवा दिनका लागि देशविदेशमा रहेका मगर जातिलाई आर्थिक सहयोगका लागि आह्वान गरिएको केन्द्रका सचिव पूर्णबहादुर रानामगरले बताए । एम्बुलेन्स किन्न आर्थिक सहयोग गर्ने १६ जनालाई सम्मान गरिएको छ । केन्द्रबाट साचालित एम्बुलेन्सले काठमाडौं उपत्यका लगायत पोखरा बुटवल दाङमा समेत सेवा दिँदै आएको आयोजकको दाबी छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %