कोरियामा नेपाल उत्सव २०११

Read Time:1 Minute, 34 Second

गणतन्त्र कोरियाको सिओलस्थित नेपाली राजदूतावासले सिओलको एल्डो हानगान पार्कमा नेपाल उत्सव-२०११ सम्पन्न भएको छ । आर्थिक कूटनीतिको प्रवद्र्धन गर्ने वार्षिक कार्यक्रमअन्तर्गत भएको  कार्यक्रमलाई स्थानीय सिओल ग्लोबल सेन्टर गैरआवासीय नेपाली सङ्घ र नेपाल पर्यटन बोर्डले सहयोग गरेका थिए ।

उत्सवमा बोल्दै नेपाली राजदूत कमल कोइरालाले कोरियामा नेपाली संस्कृति, व्यापार, पर्यटन र लगानी प्रवद्र्धन गर्न त्यस्ता कार्यक्रमको महत्व रहेको बताए । कोरियामा बसेका नेपाली समुदायद्वारा सांस्कृतिक कार्यक्रम प्रदर्शन र नेपाली खाना खुवाइएको थियो । कार्यक्रममा थुप्रै कोरियालीले नेपाली खाना र हस्तकला कक्षको निरीक्षण गरेका थिए ।

कार्यक्रममा नेपाली विद्यार्थी, नेपाल-कोरिया मैत्री सङ्घका प्रतिनिधि, कोरियाली व्यवसायी,कोरियाली बौद्ध तथा सामाजिक कल्याण संस्था, कोरियाली पत्रकार महासङ्घ र कोरिया अल्पाइन सङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो ।

tfdfª /fli6«o dxf;ª\3n
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %