९ जुलाई ,काठमाण्डु
काभ्रेका अर्जुन लामाको हत्या अभियोग लागेका सूचना तथा साचार मन्त्री अग्नि सापकोटाको विरुद्धमा आफ्नै पार्टीका भौतिक योजना तथा निर्माण राज्यमन्त्री देवि खड्काले उजुरी हालेकी छन् । राज्य मन्त्री खड्का र सभासद राजकुमार श्रेष्ठले माओवादी अध्यक्ष पुष्पकमल दाहाल समक्ष उजुरी गरेकी हुन । खड्का र श्रेष्ठ श्रीमती श्रीमान हुन । अध्यक्ष दाहाल र उपाध्यक्षद्वय मोहन वैद्य र बाबु्राम भट्टराई आफै मिल्न नसकीरहेको अवस्था खड्काले तीनै नेता र महासचिव रामबहादुर थापा लगायतको उपस्थितिमा उजुरी दिएकी हुन । खड्का र श्रेष्ठ दम्पत्तीको उजुरीमा मन्त्री सापकोटाले मिडियाको प्रयोग गरेर आफूहरुको राजनीतिक र सामाजिक चरित्र हत्या गरेको उल्लेख छ । श्रेष्ठलाई जुवाघरबाट प्रहरीले गिरफ्तार गरेको तथा रक्तचन्दन तस्करी गरेको सापकोटाले भ्रम फैलाएको उनीहरुको जिकिर छ ।
