जनमुक्तिलाई धोती लगाईदिने जनलाल थापाको खतरनाक अनुहार

Read Time:1 Minute, 27 Second

९ जुलाई ,काठमाण्डु

राष्ट्रिय जनमुक्ति पार्टीको जातीय संगठन मगर हाङ परिषदका पूर्व महासचिव जनलाल थापा भूमिगत समूह संयुक्त जातीय मुक्ति मोर्चाको वार्ता टोलीको रुपमा सार्वजनिक भएका छन् । पूर्व माओवादी लडाकु समेत रहेका जनलाललाई जनमुक्तिका केही नेताहरुको स्वार्थमा सिधै मगर हाङ परिषदको महासचिव बनाइएको थियो । उनलाई लिएर कार्यक्रममा हिँड्दा नेताहरु ठूलो दुर्घटनाको नजिक पुगेका थिए । जनलाल र उनका साथीहरुबाट आफ्नो कार्यक्रममा दर्जनौं हतियार सहित देखेपछि जनमुक्तिका नेताहरु झस्किएका थिए । नेताहरुले जनलालको नेतृत्वमा युवा दस्ता बनाएको घोषणा समेत गर्न भ्याएका थिए ।राजधानीमा असार २५ गते आयोजित कार्यक्रममा दिएको जानकारी अनुसार बम विस्फोट गरेको अभियोगमा थुनामा रहेका देवराज लामा विश्वक्रान्ति संयोजक तथा दलमर्दन कामी सहसंयोजक रहेका छन् । जनलाल सहित बाँकी १३ जना सदस्य वार्ताटोलीका सदस्य रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %