राज्यसत्ता खोज
हङकङ सरकारले आफ्ना ६१ लाख जनताको हातमा राहतको नाममा नगद ३८ अर्ब थमाउदैछ । १८ बर्ष पुगेका र पुग्न थालेका प्रत्येकले जनही ६ हजार डलर बुझ्दैछन् । त्यो अथाह अर्थ सागरबाट नेपाली समूदायले पनि तिर्खा मेटाउन पाउने भएकोछ ।
– लक्ष्मन थापा मगर
हङकङ, ७ जुलाई
हङकङ सरकारले आफ्ना प्रत्येक नागरिकलाई नगद वितरण गर्न थालेको बहुचर्चित र त्यतिकै विवादास्पद कार्यक्रमको आज अन्तिम टुंगो लगाउन सरकारका प्रतिनीधिहरुको बैठक बसेकोथियो । भोलि यसको औपचारिक घोषणा गर्देछ । सरकारले आफ्ना स्थायी स्मार्ट आइडीकार्ड होल्डरहरुलाई ६ हजार हङकङ डलरका दरले वितरण गरिने यस्तो निर्णय २ फेब्रुअरी २०११ मा गरेकोथियो । आगामी २०१२ को संसदिय निर्वाचनकै मुखमा आएर गरिएको यस्तो घोषणालाई सत्तापक्षको चुनाव प्रभावित पार्ने लोकप्रिय कार्यक्रमको रुपमा ब्याख्या पनि गरिएकोथियो । २००८ को ७ सेप्टेम्बरमा भएको ४ बर्षका लागि छानिएको यो सरकारको आयु आगामी अगस्टमा सकिदैछ ।

यद्यपि लामो बहस र विवादका बीच लगभग यो कार्यक्रमको टुगों लागेकोछ । हङकङ सरकारले संभवत आजै राती यो कार्यक्रमबारे बृहत जानकारी सार्वजनिक गर्नेछ । साथै अस्थायी स्मार्ट कार्ड होल्डर जसले निश्चित योग्यता पार गरेकाछन्, तिनलाई पनि कसरी समेटिने भनि आजैको बैठकमा बृहत छलफल भई त्यसको खुलासा गरिने हङकङ सरकारको विश्वस्त श्रोतले जनाएकोछ । आर्थिक समितिले पूर्व तयारीका निम्ति ७ हप्ताको तयारी समय छुट्टयाएर यस्तो घोषणा गर्न थालेकोहो ।
शुरुमा यो रकम एमपीएफ (मेण्डिटरी प्रोभिजन फण्ड ) को रिटायरमेन्ट सेभिङ एकाउण्टमा हाल्ने निर्णय गरिएको थियो । तर यसले राहत नदिने भन्दै कानुनविद र सामाजिक कार्यकर्ताहरुद्धारा विरोध गरिएको थियो । उनीहरुको भनाईमा एमपीएफमा राखिएपछि ब्यक्तिले बृद्धकालमा मात्र उक्त रकम निकाल्न पाउने हुँदा थोरै आयश्रोत हुने परिवारलाई तत्काल उपभोग गर्न नपाईने यसले कुनै राहत दिदैंन । महगाई अचाक्ली बढिरहेको र सरकारद्धारा त्यसलाई नियन्त्रण गर्न पनि संभव नभैरहेको अहिलेको परिप्रेक्ष्यमा तत्काललाई राहत हुनेगरि रकम बाँड्नुपर्ने उनीहरुको तर्क थियो । त्यसपछि मात्र नगद दिइने निर्णय गरिएकोहो ।
६ हजार बुझ्ने योग्यता
३१ मार्च २०१२ को मितिसम्ममा १८ बर्ष पुग्ने हङकङका स्थायी स्मार्ट आइडी कार्ड होल्डर सबै यसका लागि योग्य ठहरिने निर्णय गरेकोछ । उनीहरुले प्रतिब्यक्ति ६ हजार प्राप्त गर्नेछन् । रकम प्राप्त गर्न दर्ता प्रक्रिया जन्मसालको आधारमा तय गरिनेछ । सरकारको रेकर्ड अनुसार तत्काल यसको लाभ लिने स्थायी आइडीहुनेहरुको जनसंख्या ६१ लाख छ । यो दर्ता प्रक्रिया ५ चरणमा सम्पन्न हुनेछ । सन १९४६ सालअघि जन्मिएकाहरुको दर्ता प्रक्रिया पहिलो प्राथमिकतामा पर्नेछ । हङकङ बाहिर रहेकाहरुले अनलाईन मार्फत पनि फाराम भर्नसक्ने जनाइएकोछ । तर सरकारले अझै त्यो फाराम कहाँ उपलब्ध गराँउछ भन्ने जानकारी भने खुलाएकोछैन ।हङकङ आइडीधारक यहाँ मात्र बस्दैनन् । विश्वका अन्य देशमा पनि छन् । जस्तै नेपालीहरु पनि यूके र नेपालमै पनि छन् । त्यस्ताहरुका लागि यो ब्यवस्था गरिएकोछ ।
हढकङ सरकारले अझै विस्तृत जानकारी दिएपछि राज्यसत्ता डटकमले ती सबै अपडेट गर्नेछ र फम भर्नका निम्ति सबै ब्यवस्थाकोे पनि चाँजोपाँजो मिलाउने प्रयास गरिरहेकोछ । राज्यसत्ता डटकम लगइन गर्दे गर्नुहोला ।
पहिलो चरणको दर्ता प्रक्रिया २८ अगस्ट २०११ बाट शुरु हुनेछ र यो २ साताको लागि हुनेछ । प्रत्येक चरणका लागि दुई दुई हप्ताको कार्यावधि छुट्टयाइएकोछ । नाम दर्ता समयतालिका निम्नानुसार निर्धारण गरिएकोछ ः
जन्म साल शुरु हुने मिति
१९४६ भन्दा अगाडि जन्मिएकाहरुको – २८ अगस्त २०११
१९४७ – १९५६ ११ सेप्टेम्बर २०११
१९५७ – १९६६ २५ सेप्टेम्बर २०११
१९६७ – १९८१ ०९ अक्टोबर २०११
१९८२ – १९९३ २३ अक्टोबर २०११
अन्य सबै ३१ मार्च २०१२ सम्म
…………………………………………..
दर्ता प्रक्रियामा सहभागीहरुको चापलाई ध्यानमा राखी सरकारले माथिको तालिका भन्दा पछिको मितिमा नाम दर्ता गर्नेहरुलाई बोनस स्वरुप थप २०० डलर दिएर प्रोत्साहन दिनेछ । त्यसका निम्ति ३१ मार्च २०१२ पछि दर्ता गर्नुपर्नेछ । बैंक खाता हुनेहरुले यो रकम सोझै आफ्नो खातामा पाउनेछन् । सरकारले २१ वटा स्थानीय बैंकहरुसंग दर्ता र रकम भुक्तानीका लागि सम्झौता गरिसकेकोछ ।
जो संग बैंक खाता छैन तिनले हुलाक मार्फत चेक प्राप्त गर्नेछन् । पहिलो चरणको यी सबै प्रक्रिया सकिएपछि नोभेम्बरबाट रकम भुक्तानी शुरु हुनेछ । सबै बैंकहरुले सरकारको एजेन्टकोरुपम काम गर्नेछन । पूर्ण निवेदन वापत बैंकले प्रतिब्यक्ति१५ डलर शुल्क लिने छ ।
ति ब्यक्ती जस्ले पोस्ट अफिसबाट चेक प्राप्त गर्ने छन । उक्त चेक कुनै पनि स्टान्डर्ड बैंक शाखाबाट भजाई नगद प्राप्त गर्न सकिनेछ ।
लक्षित समूहलाई पैसा बाँड्दा सरकारको ढुकुटीबाट कूल खर्च ३७ अर्ब ९७ करोड ५३ लाख हङकङ डलर हुनेछ । कूल ३७ अर्ब ९७ करोड ५३ लाख डलर लाई यस प्रकार खर्च हुने अनुमान गरिएको छ । यो विवरण ८०% ले ६००० डलर प्राप्त गर्ने र बाकी २०% ले बोनस सहित ६२०० प्राप्त गर्ने अनुमानमा तयार पारिएको आकडा हो ।
……………………………………………..
खर्च हुने अनुमानित रकमको हिसाबकिताव
शिर्षक रकम
१- ६००० बाँड्दा २९ अर्ब २८ करोड डलर
२- ६२०० बोनस सहित ७ अर्ब ५६ करोड डलर
३- सेवा शुल्क (बैक) ८ करोड १४ लाख डलर
४- सेवा शुल्क ९हङ्कङ पोस्ट० ९४ लाख डलर
५-कम्प्युटर सिस्टम अप्ग्रेड १ करोड ४८ लाख डलर
६- प्रचार प्रसार र अन्य खर्च २ करोड ५७ लाख डलर
७-आपतकालिन खर्च १अर्ब डलर
– कूल खर्च ३७ अर्ब ९७ करोड ५३ लाख
वास्तविक खर्च बोनस सहित कति मान्छेले फारम भर्छन भन्नेमा पनि निर्भर छ । त्यसैको आधारमा खर्च पनि बढ्नेछ । सरकारले दुई आर्थिक बर्षका निम्ति रकम लाग्ने अनुमानित बजेट निकालेकोछ ।
आर्थीक वर्ष खर्च
२०११/२०१२ ३० अर्ब ३८ करोड डलर
२०१२/२०१३ ७ अर्ब ६० करोड डलर
कूल ३७ अर्ब ९८ करोड डलर
नोट :
-हुलाकबाट ३ लाख ब्यक्तिले निवेदन दिने अनुमानको आधारमा खर्चको हिसाब किताब गरिएको छ ।
–सम्बन्धित निकाय जस्तै सरकारको अर्थ शाखा Financial Services and the Treasury Bureau)
मा अतिरिक्त थप कर्मचारिको आवश्यकता पर्ने हुनाले थप ७ करोड ५८ लाख डलर खर्च लाग्ने अनुमानि गरिएकोहो ।
……………………………………………
यो लोकप्रिय कार्यक्रममा बढी भन्दा बढीलाई लाभ पुग्नेगरि तर्जुमा गर्न सरकारलाई दवाव थियो जसअनुसार, अस्थायी कार्ड भएकाहरुलाई पनि ध्यानमा राखेर कार्यक्रम बनाइएकोछ । स्थायी आवासीय प्रमाणपत्र नपाइसकेको तर त्यसका निम्ति कानुनी रुपमा योग्य भएको र प्राप्त गर्न निवेदन प्रक्रियामा रहेकाहरुले पनि यो सुविधा भोग गर्न सक्छन् । ३१ मार्च २०१२ सम्ममा स्थायी कार्ड पाउनेगरि निवेदन दिएका योग्य उम्मेदवार यस्तो सुविधाबाट लाभान्वित हुनेछन् । अर्थात उक्त ब्यक्ति यो मिति सम्ममा १८ बर्ष पुगेको हुनुपर्छ । आर्थिक समितिले यो सुविधा प्राप्त गर्न यस्तो आवश्यक शर्त तोकेकोछ ः
क– ३१ मार्च २०१२ म १८ वर्ष पुगेको हुनुपर्ने ।
ख– हङ्कङ स्थायी आईडी कार्ड प्राप्त गरेको वा प्राप्त गर्न उमेर पुगेर निवेदन प्रकृयामा रहेको
ग– तोकिएको मिती भित्र फार्म भरेर बुझाएकै हुनुपर्नेछ ।
……………………………………
शारिरीक तथा मानसिक रुपमा अशक्तहरुका निम्ति विशेष ब्यवस्था गरिएकोछ ः
क –मानसिक रुपमा अयोग्यहरुको लागी निवेदकको कानूनी अभिभावक मार्फत रकम दिलाउने ब्यवस्था गरिनेछ
ख– एजेन्ट नियुक्ती प्रणाली बाट सुविधा लिन चाहने निवेदकले पनि रकम प्राप्त गर्नसक्नेछन् ।
ग– माथिका दुबै अवस्थामा आवस्यक कागजात जस्तै मेडिकल रिपोर्ट र नाता प्रमाणित सम्बन्धित कागजात बुझाउनुपर्नेछ ।
– यो समाचार सम्बन्धि भिडियो यहाँ हेर्नुस
