रुपन्देही असार २२
राष्ट्रिय जनमुक्ति पार्टी निकट यातायात व्यवसायीहरुको भेला आज रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ । रन बहादुर बुढामगरको अध्यक्षता, राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सदस्य तथा यातायात ईन्चार्ज सूर्यकुमार सारुको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा इजहार वारीस, अर्जुन थापा मगर, भरत दलार्मी लगायतले बोल्दै यातायात व्यवसायीहरुको हकहितको लागि सम्पूर्ण यातायात व्यवसायीहरु एक जुट हुनुपर्नेमा जोड दिइएको थियो ।भेलाले रन बहादुर बुढामगरको अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय यातायात व्यवसायी मोर्चा जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्षमा इजहार वारीस, सचिवमा भरत दलार्मी मगर, कोषाध्यक्षमा अर्जुन थापा मगर र सहसचिवमा राजु गुरुङ चयन भएकाछन् । अन्य सदस्यहरुमा लोक गुरुङ्ग, ताकिर अहमद र सुरेन्द्र तामाङ्ग छन् ।
भेलामा रुपन्देहीका एक सय पचास जना यातायात व्यवसायीहरु को सहभागिता रहेको थियो । भेलाले आगामी तिन महिना भित्र जिल्ला अधिवेशन गराउने निर्णय गरेको छ । राष्ट्रिय कार्यक्रम अनुसार रुपन्देहीका यातायात व्यवसायीहरुको भेला सम्पन्न भएको र त्यस्तै काठमाडौ, बाके, सुनसरी लगायत जिल्लाहरुमा छिट्टै भेला गराउने कार्यक्रम रहेको यातायात ईन्चार्ज सूर्यकुमार सारुले जानकारी दिएकाथिए ।
गोविन्द घर्ति
