कसले पम्प दिइरहेकोछ पूर्व राजा ज्ञानेन्द्रलाई

Read Time:6 Minute, 37 Second

काठमाडौं, असार २३ राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो
६५ जोवन भोगेका  पूर्व राजा ज्ञानेन्द्र शाहले जन्मदिनको छेको गरेर फेरि निहू खोज्याछन् । उनले आफुले यो दिन देख्नका खातिर गद्दी नछाडेको बताएर फेरि एकचोटी जनआन्दोलनको बलमा बनबास पुगेका उनले गलत सन्देश जानेगरि वक्तब्यवाजी गरेकाछन् । आफ्नो अनुकूल राजनैतिक इतिहास स्थापित गर्न खोजेकाछन् । उनी संघर्षकै कारण गद्दीच्यूत भएकाहुन् तर उनले बारम्बार आफुले गद्दी छाडेको बताउदै आइरहेकाछन् । यसपटक पनि त्यहि कुरा दोहोर्याए ।

फोटो – नागरिक

देश गणतन्त्रमा गैसकेको र संघीयतामा पूर्नसंरचना माथि छलफल चलिरहेको बखत उनी किन बटुराएकाछन् भन्ने कुरा महत्वपूर्ण हो । हिंजो राजसंस्था फाल्न कुम जोडेर हिंडेका दलहरुबीच मेल छैन । उनीहरु चारतिर अनुहार फर्काएर बस्याछन् । यस्तो धमिलो पानीमा माछा मार्ने सुरमा ज्ञानेन्द्र देखिन्छन् । अराजकता बढिरहेको र जनतामा दलहरुप्रति नैराश्य जागिरहेको बला उनको चुरीफुरी बढिरहेकोछ जुन स्वाभाविक पनि छ ।
तर उनी यति ठूलठूला कुरा त्यसै बोलिरहेका छैनन् । उनका पछाडि संगठित हुदैं गैरहेका साम्प्रदायिक र धर्मभीरुहरुको ठूलो जत्था छ । राजा आऊ देश बचाउ भन्नेहरु त्यसै सडकमा निस्केर रत्यौली खेलिरहेका छैनन् । हिन्दुवादीहरु पहेंला झण्डा बोकेर हिन्दू अधिराज्य चाहियो भन्दै त्यसै दवाव दिइरहेका छैनन् । यिनलाई पम्प हाल्नेहरु नदेखिएका मात्र हुन् तर ति अत्यन्त खतरनाक खेलाडीहरु हुन् ।
अहिले देशमा कोहि चाहिएकोछ भने यो जत्थालाई हिन्दुधर्म र बाहुन सत्ता बचाइदिने एउटा तानाशाह चाहिएकोछ । त्यो ज्ञानेन्द्र हुनसक्छन् । किनभने राजा बिष्णुको अवतार मान्ने यी जत्थाले राजनीति गर्न त्यसको सबैभन्दा ठूलो फाइदा लिदैं आइरहेकाहुन् ।
हिंजो राजतन्त्र चाहियो भनेर कमल थापाहरु मात्र उफ्रन्थे अब त माओवादी जस्ता हिंजो राजा फाल्ने दल पनि लाममा खडा छ । यस्तो हुनाको कारण छ । जो जुन दलमा भएपनि आखिर जातले त सबै एउटै हुन् ।
तिनले गणतन्त्रमा गएको देशबाट आफ्नो जातीय सत्ता नबच्ने खतरा टाउको माथि देख्न थाले । संघमा जानासाथ सबै जाति बलिया हुन्छन् भनि उनीहरु तर्सन थालेकाछन् । राजा त देखाउने दाँत मात्र हुन् पर्दा पछाडिका खेलाडी त सबै यहि जाति नै हुन् । ति फेरि हिंजो जस्तै त्यहि खेल खेल्न खोजिरहेकाछन् ।एउटा जातिको पकडमा रहेको मीडिया पनि यस्तो राज्यको अप्रत्यक्ष चाहना राखेर बसेकोछ । त्यसैले मूख्य मुद्दामा कहिल्यै बहस गराईदैन तर कमल थापा र चित्र बहादुर केसी जस्ता पश्चगमनकारीहरुको भने खुलेर गुनगान गाउछन् यी  पत्रकारहरु । ज्ञानेन्द्रको समाचारलाई पनि त्यतिकै मात्रामा उचालिरहेकाछन् । गहिरो कुरा यहिंनेर छ ।
केहि जनजाति नेताहरु पनि यो लहडमा लागि ज्ञानेन्द्रको पछिपछि लागेकाछन् तर तिनलाई सुद्धि छैन राजतन्त्र आयो भने हिन्दुधर्म र बाहुन सत्ता झन बलियो हुन्छ भन्ने कुरा ।
मन्त्रीमण्डल जोड्दा बाहुन क्षेत्री मात्र जोड्नु मतवाली कहिल्यै नहुल्नु । यि टाठाबाठा भए हाम्रो सिरीखुरी कहाँ जाला भनि आफ्नो जातीय सत्ता बचाउन कथित ठूला विद्धान मदनमणि दिक्षितले लेखेको शास्त्रबाटै नै अहिलेपनि नेपालको सत्ता चलिरहेकोछ ।
हामीले देखिरहेकैछौ जुन दलबाट आएपनि एउटा निश्चित जाति मात्रै आउनुपर्ने । मनुस्मृति र दिक्षितको सुत्र घोकेर बसिरहेकाहरुले साम दाम दण्ड भेद प्रयोग गरेर टाठाबाठा भैरहेका जनजातिलाई उपभोग गरिरहेकाछन् ।
तर त्यसो गर्दा पनि केहि नलागेपछि हिन्दुधर्म र बाहुन सत्ता बचाउने राजतन्त्र मै फेरि देशलाई फर्काउन थालिएकोछ । २०४७ सालको संविधानमा फर्को भन्ने पश्चगमनकारीहरु जमघट हुन थालेकाछन् ।
उनीहरु प्राप्त उपलब्धि सबै गुमाउने हदसम्मको राजनीति किन गरिरहकाछन् भने ती जसरी पनि आm्नो जातीय सत्ता यथावत राख्न चाहन्छन् । प्रचण्डले समेत हिंजो ज्ञानेन्द्रका प्रमुख सल्लाहकारहरुलाई चयापेर हिंडिरहेकाछन् । उनले ज्ञानेन्द्रलाई ल्याउन गरेको कसरत गतसाल उदागों भएकोथियो ।
यसरी बाहुन सत्ता बचाउन सबै एकै ठाँउमा आइरहेको बेला ज्ञानेको महत्वाकाँक्षालाई यिनले भजाउन थालेकाहुन् । ज्ञानेन्द्रलाई जसरी पनि नागार्जुनबाट नारायणहिटी फर्कनु परेकोछ । जातीवादीहरुलाई आफ्नो सत्ता बचाउनु परेकोछ । यी दुबैको स्वार्थ मिलेकोछ । अहिले ज्ञानेन्द्र चमकचमक गर्दे हिंड्नुको भित्री कारण पनि त्यहि हो । तर उठिरहेको चेतनाको रापमा यी दुई स्वार्थले जित्छ कि खरानी हुन्छन् हेनुर्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %