२१ असार
नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) रुपन्देहीको आयोजनामा र जिल्ला विकास समिति रुपन्देहीको सहयोगमा बुटवल र कोटीहवामा संचालित एक हप्ते उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न सम्पन्न भएको छ ।
अनिज रुपन्देहीका अध्यक्ष भिमप्रसाद गुरुङको अध्यक्षता, जिल्ला विकास समिति रुपन्देहीको योजना अधिकृत शिवराम भट्टराईको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा थारु कल्याणकारी सभा रुपन्देहीका अध्यक्ष देवी प्रसाद चौधरी, अनिजका केन्द्रिय सदस्य सरु राना, नेपाल मगर महिला संघ रुपन्देहीकी सचिव कुमारी थापा, आदिवासी जनजाति जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य झमबहादुर गुरुङ, कमल नारायण चौधरी, केहरसिंह सराङकोटी, मोहनसिंह राना, सरिता चौधरी, तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद् मधौलियाका अध्यक्ष गजबहादुर गुरुङ, प्रमुख प्रशिक्षक तथा रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, प्रशिक्षार्थी धनु गुरुङ, कमल राना लगायतले बोल्दै यस उद्घोषण तथा आधारभूत पत्रकारिता तालिमले आदिवासी जनजाति युवा तथा विद्यार्थीहरुलाई सञ्चार क्षेत्रमा जान सहज हुने बताइएको थियो । राज्यले आदिवासी जनजातिलाई किनारा लगाएका कारण जनजातिहरु मुल धारमा आउन नसकेको बताइएको थियो ।
सचिव टेक मास्कीको संचालन र आशिष सुर्यवंशीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
रुपन्देहीको कोटीहवामा ९० जना र बुटवलमा ९० जना गरी एक सय ८० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिमको सहजीकरण रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, रेडियो समावेशीका स्टेशन म्यानेजर मिलन गाहा, तिलोत्तमा दैनिकका प्रविण गाहा, बुटवल टुडेका लोक गुरुङ, भरत प्रधान, शुमन रश्मी श्रेष्ठ, सपना गुरुङले गरेका थिए ।
गोविन्द घर्ती रुपन्देही
