जिल्ला विकास समिति म्याग्दी, आदिबासी जनजाति कोष र नेपाल मगर संघको आर्थिक सहयोग, जिल्ला शिक्षा कार्यालय बेनी, म्याग्दीको विशेष सहयोगमा र मगर भाषा प्रशिक्षण उपभोक्ता समिति बेनी, म्याग्दीको संयोजकत्वमा नेपाल मगर संघ म्याग्दीको सभाहलमा आषाढ ५ देखि १४ गतेसम्म सम्पन्न मगर भाषा प्रशिक्षण कार्यक्रममा म्याग्दी जिल्ला भित्रका मगर जातिको बाहुल्यता भएका २१ विद्यालयका शिक्षक शिक्षिका तथा नेपाल मगर विद्यार्थी संघ म्याग्दीका विद्यार्थीहरु सहित ३० जनाले मगर भाषाको तालिम लिएकाछन् । उक्त मगर भाषा प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुले आ आफ्ना विद्यालयमा गई बिद्यार्थीहरुलाई मगर भाषा सिकाउनेछन् । यसरी अब म्याग्दीको झण्दै ३० स्कुलमा मगर भाषामा कक्षा सुरु हुने भएको छ ।
म्याग्दी केहि बर्ष अघि पनि यस्तै कार्यक्रम अन्र्तगत मगर भाषा सिकाइने गरिएकोथियो ।
लोकेश पुन मगर
