आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको उपाध्यक्षमा नेपाल मगर संघका अध्यक्ष झकबहादुर थापा मगर नियुक्त हुँदैछ । प्रतिष्ठान स्रोतका अनुसार थापा मगरले आजै नियुक्ति पत्र बुझ्ने सम्भावना छ । एक महिना पहिले प्रतिष्ठानका उपाध्यक्ष जीतपाल किरातीको अवधिसकिएपछि रिक्त रहेको स्थानमा एमाले कोटाबाट थापा मगर नियुक्त हुन लागेका हुन ।

प्रतिष्ठानको सदस्य सचिवका लागि दौडधुप गरेका झकेन्द्र घर्ती मगरको सपना भने पुरा नहुने भएको छ । सदस्य सचिवका लागि एमाले र माओवादी नेताको घर दैलो चहारे पनि उनको चाहना पुरा हुन सकेन । उपाध्यक्ष मगर भईसकेपछि सदस्य सचिव र कार्यकारी सदस्यहरु मगर जातिबाट नपर्ने लगभग निश्चित छ ।
