आफ्नो जीवनको सारा उर्जा नेपाली काँग्रेसलाई दिएका स्व बलबहादुर राईको प्रमथ स्मृति दिवस सम्पन्न भएको छ । पार्टीमा सबैभन्दा लामो योगदान तथा योग्य र इमान्दार भएर पनि लाभको पदमा पुग्न नदिएका राईको स्मृति दिवसमा भने बाहुन नेताहरुले जमेर उनको प्रशंसा गरेका थिए ।
समारोहमा सभामुख सुवास नेम्बाङले बलबहादुर राई प्रतिष्ठानले प्रकाशन गरेको बलबहादुर राई स्मृति ग्रन्थ लोकार्पण गर्दै राई लोकतान्त्रिक मूल्य तथा मान्यताका लागि अडिग र अविचलित रहेको बताए ।शान्तिप्रकि्रयालाई टुङ्गोमा पुर् याउन र संविधान लेखन पूरा गर्न राईले गर्नुभएको सङ्घर्ष अझै पूरा नभएको चर्चा गर्दै नेम्वाङ्गले अहिलेको अवस्थामा राईजस्तो व्यक्तित्वको खाँचो परेको बताए ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आजको सङ्क्रमणकालीन राजनीतिक परिस्थितिबाट पार पाउन सशक्त, उत्साही र परिस्थितिको सामना गर्नसक्ने राईजस्ता नेताको आवश्यकता रहेको बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँला, नेकपा एमाले उपाध्यक्ष अशोक राई, नेपाली काँग्रेसका मीना पाण्डेलगायतले राईको राजनीतिक निष्ठा साहस र योगदानका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य, नेता रामहरि जोशी र पहिलो सचारकर्मी रानुदेवी अधिकारीलाई सम्मान गरिएको थियो ।
