‘कथित ठूला दलको दादागिरी चल्न दिइनेछैन’ – जनमुक्तिका नेताहरु

Read Time:3 Minute, 36 Second

रास्ट्रीय जनमुक्ति पार्टीको अनुगमन कार्यक्रम तनहु जिल्ला क्षेत्र नम्बर ३, दुलेगौडामा सम्पन्न भएको छ । कास्की , तनहु , गोर्खा र लम्जुंगका संघिय परिसद सदस्य ,जिल्ला समितिका अध्यक्ष,सचिव तथा अगुवा कार्यकर्ताहरुको बृहत उपस्थिति रहेको भेलामा संघिय परिसदका बरिस्ठ  केन्द्रीय उपाध्यक्ष शिवलाल थापा मगर प्रमुख अतिथि थिए । उनले ठूला भनिने दलका नाइकेहरुको मनोमानिबाट उत्पन्न हुनसक्ने कुनै पनि अकल्पनीय दुर्घटनाको सामना गर्न तयार हुन कार्यकर्तालाई आव्ह्वान गरे ।  अर्का केन्द्रीय परिसद  उपाध्यक्ष के।पी । पालुङ्गाले नेकपा माओबादी, नेपाली काङग्रेस र एमालेका नेताहरुको ब्यक्तिगत र दलगत स्वार्थका कारण आज यस मुलुकका धर्तिपुत्रहरुले बिदेशी चलखेलको सामना गर्नु परेको बताउँदै भने,हामी देश र देशवासीको लागि जस्तोसुकै बलिदान गर्न पनि तयार छौँ ।
अतिथि हरुमा संघीय परिषद सदस्य तथा राष्ट्रिय आदिवासी जनजाति महसंघका इन्चार्ज कर्णबहादुर सुनारीले आदिवासी जनजातिहरुको अधिकार र हितको प्रत्याभूती नगर्ने संबिधान कसैलाई पनि मान्य नहुने बताए । डा।देब बहादुर थापा मगर,संघिय परिसद बैकल्पिक सदस्य तथा तनहु जिल्ला इन्चार्ज हस्त बहादुर थापा मगर , युबा मोर्चाका केन्द्रीय सचिब लाल बहादुर गोतामे , क्षेत्र नम्बर १ का छेत्रीय सचिव होम बहादुर थापा मगर,क्षेत्र नम्बर ३ का सचिब नर बहादुर थापा मगर ले पनि रास्ट्रीय जनमुक्ति पार्टीको बिचार लाइ प्रस्ट पार्दै शान्ति र सर्बमान्य संबिधानको लागि सर्बदलीय सरकार बाहेक अर्को उपाय नभएको बताए ।
।क्षेत्रिय कार्यकर्ता भेलामा उनिहरुले ठूला भनिने केही राजनैतिक दलहरुको दलीय स्वार्थको लागि नारा लगाइएको राष्ट्रिय सहमतीको सरकार आमजनतालाई मान्य नहुने चेतावनी पनि दिए । पार्टिका जिल्ला उपाध्यक्ष मन्धरी आले मगरको सभापतित्वमा सम्पन्न सो भेलाको संचालन जिल्ला सचिव मीना थापा मगरले  गरेकीथिइन ।
पार्टिका जिल्ला उपाध्यक्ष  आले मगरले राज्यसत्ता डटकमलाइ टेलिफोनमा जानकारी गराए अनुसार मगर गुठ समितिको आयोजनामा तनहु ,दमौली ब्यास १ भात गाउमा मगर भाषा तथा लिपिको प्रशिक्षण कार्यक्रम आषाढ २०९२२ गते सम्म चल्ने छ । यस कार्यक्रममका प्रमुख  पशिक्षक संघीय परिषद सदस्य तथा राष्ट्रिय आदिवासी जनजाति महसंघका इन्चार्ज कर्णबहादुर सुनारी मगरले गर्ने छन् ।

हुम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %