यसपटक मगरसंघले बाहुन विद्यार्थीलाई पनि सम्मान गर्यो

Read Time:2 Minute, 56 Second

१८ असार ।
यस सालकोप एसएलसी परिक्षमा मगर विद्यार्थीबाट रुपन्देही प्रथम हुने अक्सफोर्ड मोडल पब्लिक गजेडीका छात्र रोशन काउछा मगर र  लिटिल स्टार मधौलियाका छात्रा सुनिता राना मगरलाई एक कार्यक्रमको आयोजना गरि नेपाल मगरसंघ रुपन्देहीले सम्मान गरेकोछ । काउचाले ९१.५० प्रतिशत र रानाले ८८.१२ प्रतिशत ल्याएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापाले विशिष्ट श्रेणी ल्याउने विद्यार्थीलाई यसरी सम्मान गर्दा विद्यार्थीहरुमा हौसला बढ्ने बताए । नेपमल मगर संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष  दलबहादुर विरकट्टाको अध्यक्षता, सचिव खेमेन्द्र रानाको संचालन र सहसचिव कमला पुनको स्वागतमा भएको कार्यक्रममा मगर संघ रुपन्देहीका संस्थापक अमरबहादुर थापा, सह–प्राध्यापक हेमबहादुर कनौजे मगर, प्याब्सन रुपन्देहीका पुर्व कोषाध्यक्ष डि।वि।थापा मगर, नेपाल राष्ट्र बैंकका शाखा प्रबन्धक खेम पुन, हङकङ मगर संघका पूर्व महासचिव लाल प्रसाद थापा मगर, नगर समिति बुटवलका  अध्यक्ष जनक थापा मगर लगायतले विद्यार्थीहरुलाई उज्जवल भविष्यको कामना गदै भविष्यमा पनि यस्तै राम्रो अंक ल्याएर पास गर्नु पर्ने सुझाव दिएकाथिए ।
यसपटक मगरसंघले अलि भिन्न गरि कार्यक्रम तयार पारेकोथियो । यसअघि मगर विद्यार्थीहरुका लागि मात्र कार्यक्रम आयोजन गरिन्थ्यो भने यसपटक अन्य जातिका विद्यार्थीलाई पनि सम्मान गरेकोछ । कार्यक्रममा ९४.१२ प्रतिशत ल्याई रुपन्देही प्रथम भएकी  प्यारामाउण्ट शंकरनगरका रचना पाण्डे र पुष्पा पाण्डे र मन्टेश्वरी मेमोरियल बोडिङ स्कुल भैरवाका विद्यार्थी अनुराग पाण्डे लाई सम्मानपत्रले सम्मान गरेको हो । रचना र पुष्पाले  ९३ प्रतिशत ल्याई छात्राबाट रुपन्देही प्रथम भएका थिए ।
मगरसंघको यस्तो कार्यक्रमलाई यहाँका बुद्धिजिवीहरुले सदभाव बढाउन मद्दत पुग्ने कार्यक्रमको रुपमा टिप्पणी गरेकाछन् ।

गोविन्द घर्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %