
यस्ती राम्री, फुर्तिली, हसिंली र निर्भिक थिईन अनिता
जनजाति पत्रकार संघ पाल्पाका कोषाध्यक्ष अनिता श्रीनेतले आत्महत्या गरेपछि निर्भिक र निडर पत्रकारका रुपमा परिचित जनजाति पत्रकारको अभाब भएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखा कार्य समितिका सदस्य तथा स्थानीय सामुदायिक रेडियो मुक्तीनाथ एफएमकी प्राबिधिक प्रमुख र समाचार वाचिका समेत रहेकी श्रीनेतले डोरीको पासो लगाई रेडियो स्टेशन रहेको तानसेन नगरपालिका ७ कैलाशनगर स्थित आफ्नै घरको माथिल्लो तलाको कोठामा असार १२ गते आत्महत्या गरेकी थिईन् । श्रीनेत बिगत ८ बर्ष देखि पाल्पामा सकृय रुपमा पत्रकारीता गर्दै आएकी थिईन् ।
२०३८ सालमा पाल्पाको भैरवस्थान ८ भारकोटमा जन्मिएकी श्रीनेत जिल्लाको सदरमुकाम तानसेनलाई कर्म थलो बनाएर काम गर्दै आएकी थिइन् । उनी नेपाली काँग्रेसको पाल्पाको निर्बाचित जिल्ला समिति सदस्य , नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य, राष्ट्रिय आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद पाल्पाको सचिव, नेपाल मगर महिला संघ पाल्पाको सह–सचिव, जेसिज पाल्पाको सदस्य थिइन । बाबा रुद्रबहादुर श्रीनेत र आमा रुमिसरा श्रीनेतको कोखबाट जन्मीएकी अनिता एक्ली छोरी हुन् भने उनका २ दाजुभाई रहेका छन् । उनको आमाको गत बर्षनै निधन भएको थियो ।
किन गरिन् अनिताले आत्महत्या
अनिताका नजिकका सहकर्मीहरुका अनुसार उनको ५ बर्ष पहिलेदेखि बाहुन जातका एक पत्रकार पुरुषसंग प्रेम सम्बन्ध थियो । उनीहरु बिचको उठबस निरन्तर भैरहन्थ्यो । संगै घुम्न जाने, खाने बस्ने गरीरहने ति युवकले बिबाह गर्ने प्रण समेत गरेका अनिताका साथीहरु बताउछन् । तर ति युबकले घरको दबाब भन्दै आफ्नै जातकी बिहे गरेपछि अनिताले आत्महत्या गरेकी हुन् । उनले बिहे गरेभन्दा अनिताले शुरुमा पत्याएकी थिईनन् उनका साथी भन्छ्न, केटाले बिहे गरेको ३ दिन पछि अनिताले आत्म हत्या गरेकी हुन् ।
सबै लुटाएर गइन
अनिताले घरको सबै ब्यबहार चलाउने हुदा हरहिसाब सबै उनी संगै रहन्थ्यो । भारतिय सेनामा रहेका दाजु र नेपाली सेनामा रहेका उनका भाईले उनैलाई पैसा पठाउथे । तानसेनमा रहेको उनको अंकलको घरबाट उठेको भाडा समेत उनकै हात पथ्र्यो । पैसा वाल अनितासंग बर्षौ सम्बन्ध गासेका ति बाहुन युबकलाई पल्सर बाईक समेत अनिताले किनिदिएको उनका साथीहरु बताउछन् । अनिताका साथीहरुका अनुसार ति युबकलाई अनिताले ५९६ लाख रिन समेत दिएको उनैले बताएकी थिइन । तर त्यसको हिसाब किताब कही उल्लेख छैन । प्रहरीका अनुसार आत्महत्या गर्ने आफै दोशी हुने भएकाले कानुनी आधारमा ति युबकलाई कुनै कारबाही गर्न मिल्दैन ।
रक्सी र चुरोटका अम्मली ती कथित प्रमीले रक्सीले टिल्ल परेको बेला अनिता मगर भएकोले उनलाई बिहे नगर्ने उद्घोस गर्दै आएको उनका साथीहरुले बताएका थिए । तर अनिताले ति कुराहरुलाई कहिल्यै गंभिर रुपमा लिईनन । सबै सुम्पिदै गईन् । धेरै बिश्वास गर्दा यो अबस्था आएको अनिताका साथीहरु बताउछन् ।
यसरी मगर चेलीहरुको बालापान र सोझोपनको फाइदा उठाउदै रस चुसेर मिल्काउने र तिनका सम्पत्ति लुट्ने प्रवृत्ति आफुलाई ठूला जात भनाउदाहरुको उहिल्यै देखिको हो । केहि बर्ष अघि यसै गरि प्रेमजालमा फँसाएर नगलपरासीका निरमाया आलेलाइ एक जना बाहुन प्रेमीले जंगलमा लगी घाँटी थिचेर मारेकाथिए । दवावपछि उनलाई समातेर प्रहरी प्रशासनगले कार्वाही पनि गरेकोथियो तर अनिताको सवालमा अहिले सम्मको प्रकृत्ति र छानवीनले आफै आत्महत्या गरेको देखिएकोले उनलाई यो अवस्थासम्म ल्याईपुर्याउने बदमासलाई केहि गर्न सकिनेअवस्था पनि छैन ।
श्रीमान बाहिर गएका, लाहुरे र अलिकता हुनेखाने जनजाति महिलालाई फँसाएर अगाडि बढ्ने र पछि बीचैमा छादिदिने यस्तो षड्यनत्रमा अनिता जस्ता शिक्षित त पर्छन भने सोझाहरु कति परे अनुमान गर्न सकिन्छ । पैसाका लागि जे पनि गर्न तयार कथित उच्च जातिहरु मायालाई हत्कण्डा बनाउने गर्छन् जसको मोहपासमा अनिता पनि फसिंन र अकालमै देह त्यागिन् ।
“सोझोपनको फाईदा उठाएका छन् अरु जातिले” मगर संघ पाल्पा
मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहाका अनुसार मगरमा सोझो र बिश्वासिलो पन रहने भएकाले अन्य जातिले त्यसैलाई आधार बनाएर फाईदा लिईरहेका छन् । पछिल्लो समय पत्रकार अनिताको आत्महत्या प्रकरण पनि त्यही भएको उनको ठहर छ । मगरहरु स्वभाबैले आफ्नो अडान भन्दा पनि सबैको भलो चिताउने हुन्छन् । त्यसैको चतुरहरुले नाजायज फाईदा लुट्छन् ।
पाल्पामा मगरले बढी आत्महत्या गर्न थाले
पाल्पामा एक साताको अवधिमा एक महिला पत्रकार सहित ५ जनाले आत्महत्या गरेका छन् । असार ४ देखि ११ गते सम्ममा मात्र ५ जनाले आत्महत्या गरेका छन् । पछिल्लो समय जिल्लामा आत्महत्याको क्रम डरलाग्दो गरी बढीरहेको भएपनि आत्म हत्या गर्नेमा मगरहरु बढि भएकाले कसैले चासो नदेखाएको बताईएको छ ।
एक वर्षको अवधिमा ६६ जनाले आत्महत्या गरेका छन् । २०६७ श्रावण १ देखी २०६८ असार १२ गते सम्म ४१ जना पुरुष र २५ जना महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।आत्म हत्या गर्नेमा पत्रकार, कर्मचारी, शिक्षक, बिधार्थी, गृहणी महिला लगाएत छन् । आत्महत्या गर्नेमा शहरमा भन्दा गाउँमा वढी र अधिकांश १५ देखि ५० वर्ष उमेर समुहका छन् । आत्महत्या गर्ने व्यक्ति नै नभएको अवस्थामा कारवाहिको प्रकृया अगाडी वढाउन नमिल्ने कानुनी प्रावधानले गर्दापनि घटनाको विषयमा अनुसन्धान हुन सकिरहेको छैन ।
आत्महत्याका घटना बृद्धी हुनमा पारिवारीक सम्वन्ध, गरीबी, निराशा, बेरोजगारी, असफल प्रेम, मानसिक तनाव, चेतनाको कमि लगायत छन् । पाल्पामा पारिवारीक सम्वन्ध विग्रीनु, प्रेममा असफता र आर्थिक अवस्था आत्महत्याका प्रमुख कारण रहेको बताईएको छ । यसले हाम्रो समाजको दशा र दिशा कै भैरहेकोछ भन्ने पनि देखाँउछ । केहि जाति मोटाउने तर भूमीपुत्रहरु खान नपाएर मर्ने अवस्था आउने र प्रमको नाममा मर्नुुपर्ने अवस्था पक्कै पनि लज्जास्पद छ ।
सानो कुरामा हरेशखाने, छिटो आबेसमा आउने र आफ्नो मुल्याङ्कन आफै गर्न नसक्नेहरुले आत्महत्या गर्ने गरेको पाइएको छ । विदेशमा रहेका श्रीमानले बजारमा वसेर छोराछोरी पढाउन श्रीमतीहरुलाई पैसा पठाउने र पछि आएर त्यसको हिसाव खोज्नु पनि आत्महत्याको कारण वनेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा संचारको सुविधा सगंै बढ्दो मोवाइलको प्रयोगका कारण पारिवारीक सम्वन्ध विग्रीने, विभिन्न गीत संगीतमा प्रयोग भएका शब्दहरु र चलचित्रका काल्पनीक दृश्यको देखासिकीले गर्दा आत्महत्या गर्न प्रेरीत गर्ने हुदा यसलाई नियन्त्रण गर्न जरुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक गोविन्द थपलीयाले बताएका छन् । आत्महत्याको क्रम बढ्दै गएपछि अविभाकहरुलाई सचेत गराउने, पारिवारीक सम्वन्ध सुधार लगायतका विषयमा सचेतना कार्यक्रमहरु आगाडि वढाउने योजनामा प्रहरी रहेको उपरिक्षक थपलीयाले बताए । नेपालमा प्रत्येक दुई घण्टामा एक जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्ककले देखाएको छ ।
देब पचभैया, पाल्पा
