फोटो पत्रकारितामा नेपालमा राम्रै नाम कमाएका विकास रौनियारले हङकङका नेपाली फोटो पत्रकार र शौकिनहरुलाई फोटो पत्रकारिता सम्बन्धि आधारभूत ज्ञान बाँड्ने भएकाछन् । एक साताको तालिममा यहाँ स्थित फोटो पत्रकार मात्र नभई क्यामेरा शौकिनहरुले पनि भाग लिने भएकाछन् ।
६ जुलाईबाट शुरु हुने कार्यक्रममा २५ जना सहभागीहरुको नाम दर्ता भैसकेको बताइन्छ । स्थानाभावको कारणले यो भन्दा बढी संख्या नराखिने आयोजकले जनाएकोछ । नेपाल हङकङ पत्रकार संघको आयोजनामा कार्यक्रम गरिएको हो ।
तालिममा राज्यसत्ता डटकमबाट पत्रकार भीम थापा मगर र फोटो पत्रकार टेक पुन मगरले सहभागी जनाएकाछन् ।
फोटो पत्रकारिता तालिममा प्रशिक्षार्थीहरु प्याक
Read Time:59 Second
