भक्तपुरको तेलकोटमा एउटा गाईले दुई टाउका र आठ खुट्टा भएको एक बाछी जन्माएको छ । तेलकोटको वडा नं १ मा स्थानीय शम्भु लामिछानेले पालेको गाईले अनौठो प्रकारको बाछी पाएपछि हेर्न आउने स्थानीय जनताको भीड नै लागेको थियो ।
तीन घण्टासम्म पनि बाछी जन्माउन नसकेपछि बिहानै आएका पशु चिकित्सकले हातले बाछी तान्ने प्रयास गर्दागर्दै जिउँदो बाछी मरेको थियो । बाछी अड्केर गाईसमेत मर्ने भएपछि गाईलाई बचाउन बाछीको एउटा टाउको र चारवटा खुट्टा काटेर बाछी निकालिएको थियो ।
गाई बाँचेपनि सहजरुपमा गाईले बाछी जन्माउन नसक्दा बाछी भने मरेको छ । सरकारले भने गाईलाई भगवान भन्दै मरेको गाई काट्ने जनजातिहरुलाई झ्यालखानामा थुन्ने गरेको छ ।
