जापानमा बस्ने नेपाली कलाकारद्वारा १,१५००० रुपियाँ सहयोग

Read Time:3 Minute, 14 Second

जापानको विभिन्न शहरमा कार्यरत कलाकारहरुले कलाकार राज थापा मगरको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम आयोजना गरेर संकलन गरेको सहयोग रकम बुटवलमा प्रधान कार्यालय रहेको अध्ययन केन्द्र(सुबेदार डम्बर तमु स्मृति अध्ययन केन्द्र)द्वारा संचालित साहरा अक्षयकोषलाई प्रदान गरेको छ । अनाथ असाहय तथा द्वन्द पिडित बालवालिकाहरुलाई शैक्षिक एवम पुर्नस्थापना गरी मानवीय सेवामा समर्पित यस साहरा अक्षयकोषका लागि रु १,१५,००० प्रदान गरिएको हो ।

काठमाडौंमा असार १९ गते आयोजित कार्यक्रममा संयोजक थापा मगरले अध्ययन केन्द्रका अध्यक्ष कमल थापा मगरलाई सहयोग रकम हस्तान्तरण गरे । रकम हस्तान्तर गरेपछि राज थापा मगरले थोरै आर्थिक सहयोगको सानो शुरुवातले द्वन्द पिडित बालवालिकाहरुको भविष्य उज्जवल हुने र असल नागरिक बन्नमा टेवा पुग्ने अपेक्षा रहेको बताए ।

सहयोग रकम संकलनका लागि कलाकारहरु विजय राई, जितेन्द्र देवान, भवगती कार्की राई, भेषराज गुरुङ्ग, दीपक पुन, उज्वल ढुँगाना, उज्वल थेवे, राम गुरुङ्ग, पूर्ण गुरुङ्ग, शर्मिला श्रेष्ठ, ओम गुरुङ्ग, कृष्ण मोत्तान, नारायणी बस्नेत, विश्व शेरचन र दुधिमाया पुन मगरको सहभागिता रहेको थियो ।

चलचित्रकर्मी नविन सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल थापा मगर र रोम थापा मगरले सहयोग गर्ने कलाकारहरुलाई धन्यवाद दिँदै राज्यले गर्नुपर्ने काम कलाकारहरुले गरेको देखाएको बताएका थिए । इन्डिजिनियस फिल्म अर्काइभमा सम्पन्न कार्यक्रम चलचित्रकर्मी संजोग लाफा मगरले संचालन गरेका थिए । राष्टिय जनमुक्तिका रुपन्देहीका संस्थापक नेता सुवेदार स्व।गुरुङको स्मृतिमा स्थापना गरिएको यस अध्ययन केन्द्रमा जाति -जनजाति सम्बन्धि पुस्तकहरुको सग्रह राखिएकाछन् । त्यहाँ भेला भई रुपन्देहीका जाति -जनजाति तथा अनुसन्धाताहरुले अध्ययन गर्ने गर्छन । बौद्धिक विमर्श गर्ने गरिएकोछ । अध्ययन केन्द्र संचालन गर्न अक्षयकोष खडा गरिएकोछ । सुवेदार स्व. डम्बरका जेठा  छोरा जनमुक्तिका केन्द्रिय नेता क्याप्टेन दुर्गाप्रसाद गुरुङ र उनका भाईहरुको सक्रियतामा अध्ययन केन्द्र स्थापना गरिएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %