संविधान लेखन कार्य धेरै अघि बढेको छ-नेम्वाङ्ग

Read Time:1 Minute, 22 Second

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संविधानसभाबाट नयाँसंविधान बनाउनुको विकल्प नरहेको बताएका छन् । अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा असार १८ गते राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन ।

कार्यक्रममा नेम्वाङ्गले संविधानसभाबाट शान्ति प्रकि्रया र संविधान लेखन कार्यलाई पूर्णता दिनेक्रम धेरै अघि बढिसकेकाले दलहरुबीच आपसी सहमति भएमा यस कार्यलाई छिट्टै निष्कर्षमा पुर् याउन सकिने विश्वास व्यक्त गरे  । शान्ति प्रकि्रया र संविधान लेखन कार्यलाई जुनसुकै मूल्य चुकाएर पनि निष्कर्षमा पुर् याउनुपर्नेमा जोड दिँदै अध्यक्ष नेम्बाङले प्रमुख राजनीतिक दललाई पाँचबुँदे सहमतिका आधारमा इमान्दारीपूर्वक अघि बढ्न आग्रह गरेका छन् ।

कार्यक्रमा राष्ट्रिय योजना आयोगका सदस्य डा सुबोधनारायण झा आयोजक संस्थाका अध्यक्ष केशव बडाल लगायतले बोलेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %