अछाम, अषाढ १८
अविरल पानी रोकिएकोछ तर प्रकृत्तिप्रकोप चलि नै रहेकोछ । अस्ति पाल्पामा यौवननै नभनेको पहिरोले अछाममा झन भर्खर फक्रन थालेका लालाबालाको शिकार गरेकोछ । पहिरोले पुरिएर मलाकोट साततालीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ती अबोध धारामा पानी भर्न गएका घर देखि अलि पर पुगेकाथिए ।
नौ देखि १३ बर्ष उमेरका ध्रुव विश्वकर्मा, इसारा विश्वकर्मा र रमेश विश्वकर्माको शनिबार बिहान पहिरोले पुरिएर इहलिला समाप्त भो । आमालाई गंम्भीर घाइते बनाएकोछ ।
यस्तै सर्पले डसेर अछाममै दुईजनाको मृत्यु भएको छ । दर्नागाविस पुलबजारका होटल संचालक काभ्रेका २० वर्षीय विकास लामा र अछामको जुपु गाविस ९ की १५ वर्षीय विन्दु भण्डारीलाई शुक्रबार राति सर्पले डसेको थियो ।
आफुलाई विकास पुगेपछि सबै पुगेको ठान्ने केन्द्रिकृत सरकारले दुर्गम क्षेत्रलाई कहिल्यै हेरेन । यस क्षेत्रका बाटाखाटा सबै बिजोग छन् । सानो पानी पर्दा पनि पहिरोले मान्छे र दिंयाके ज्यान हरिरहेकोछ । तर आफु-आफु सीटका लागि लडेकाहरुले यस्तो गरिव दुखीको समस्यामा आँखा लगाउन फुर्सद नै छैन ।
पानी परेपछि बाँकी नेपालसंग कटेर बस्नुपर्ने दुर्गम क्षेत्रमा न त साँपले टोकेर उपचार गर्न सकिन्छ न प्रकृत्तिले थुँग्दा कतै अस्पताल पुर्याउन सकिन्छ । मान्छे अकालमै मरिरहेकाछन् । माथि पहिरो र साँपले तोकेर मरेका जस्तै ।
राज्यले त ठोक्यो ठोक्यो दैवले पनि दुखी दलितकै घरमा घन बजार्यो
Read Time:2 Minute, 9 Second
