कसको इशारामा बाँध्ने भए त मधेसीले पहाडे शासकको नाकमा नकेल

Read Time:4 Minute, 7 Second

राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो
फेरि एकपटक मधेसी मोर्चाले आफुलाई दादा ठान्ने ३ दलका दभीं नेताहरुको नाकमा नकेल बाँध्ने उपक्रम गरेकाछन् । मधेसी मोर्चाले तिमीहरु ठूलाले गरेर मात्र हुदैंन सहमतिमा हामीलाई पनि सहभागी गराऔं भन्दै संयुक्त सहमतिपत्र फालेकाछन् । यसले सरकारलाई अप्ठ्यारोमा पार्ने ठानिएकोछ ।
जेठ १४ गते राति भएको पाँचबुँदे सहमतिले बनाएको बर्तमान सरकार  कामचलाउ भएकोले त्यस्तो सरकारले दीर्घकालीन असर गर्ने संवैधानिक निकायमा नियुक्ति, राजदूत फिर्ता, विशिष्ट श्रेणीका निजामती कर्मचारी सरुवालगायत काम तत्काल रोक्न सरकारसँग आग्रह गरेको छ। यस्तो निर्णय गर्दा आफ्नो सहमति हुनुपर्ने उनीहरुको भनाई छ।
हरेक ठाँउमा मनोमानी र आफै ढिपी गर्दे आएको सरकारलाई मधेसी नेताहरुले चेतावनी दिदै त्यसो नगरि अवज्ञा गरिएमा संघर्ष गर्ने पनि जनाएकाछन् ।
भारतसंग सम्बन्ध विग्रेको एमाओवादीलाई त दिल्लीले घाँस हालेको थिएन थिएन प्रचण्डकै दिमागको बलमा बनेको नवगठित सरकारलाई पनि भारतले अझै भाउ दिएकोछैन । प्रधानमन्त्री हुनासाथ भारत भ्रमण जानु पर्नेमा दिल्लीले झलनाथ खनाललाई आउ भनेकोछैन । कहिले बोलाउला र लम्पसार परम्ला भनेर कुर्दा कुर्दा थाकिसके । थकानले लखतरान परेर लौ त नी तँ  दिल्लीलाई पनि देखाईदिन्छु भन्दै बर्तमान सरकारले नवनियुक्त चीनका राजदुतलाई देश भ्रमणमा डुलाएकोछ । लक्ष्मणपुर बाँध जहाँ लामो समयदेखि भारतसंग गाँठो परिरहेकोछ त्यहाँसम्म पुर्याएर खनालले दिल्लीलाई खुच्चिङ् पारेकाछन् । दाहाल र खनाल मिलेर भारतलाई चीनको यस्सो शक्ति देखाइदिए बोलाउलान् कि भनेर अनेक उपाय गर्याछन् तर त्यसो गर्दा पनि उताबाट बोलावट नै आउदैन ।
बरु तिमीहरु दुईटा बाजेलाई तह लगाएरै छाड्छौ  भन्दै साउथब्लकले पनि मधेसी मोर्चालाई बुरुक बुरुक उफारेकोछ । अहिले मधेसी नेताहरु उफ्रिएका पनि त्यहि भएर हुन् भन्ने हल्ला यो खाल्डोमा चल्या छ । बिचरा यी सरकार चलाउने बडेमानका दलका बडेमानका नेता भारतसंग जोरी खोजेर चीन दाईसंग गएर धुरुधुरु रुन्छ । बिचरा चीनले के गरोस् एकछिन सुम्सुम्याँछ पठाइदिन्छ । घर फर्किएपछि पुन: भारतसंग नबोलाएकोमा पैठोजोरी खेल्छ । तर आफ्नो शक्ति यीनलाई थाहा छ । यो त उनले त्यसै गरेका होइनन् ।
त्यसैले हिंजो भारतकै इशारामा नाचेका भालुहरु कहिले डम्फु बज्ला र नाँचुला भनेर कुरयाकुर्यै छन्  तर डमरु अझै बज्या छैन । बरु दिल्लीले मधेसी नेताहरुलाई समातेर तिनको कानमा घण्टी बजाईदिएकाछन् । यो घण्टीको आवाजले ठूला नेताहरु अत्तालिएका चाहिं छन् है । हेरौं  डमरु कहिले बज्छ र यी मधेसी घण्टीको कर्कस स्वर पनि तिनको कानबाट हराएर जान्छ ।
तर यतिखेर चाहिं मधेसी भाईहरुले दक्षिणको इशारामा हाम्रा ठूल्दाईहरुको जिना हराम चाहि  गरिदिएका छन् है ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %