
अमेरिकी विदेशी मन्त्रालयद्वारा स्थापित सन् २०११ को वर्तमान दासता विरुद्ध कार्यका नायक उपाधि चरिमाया तामाङ्गले जित्न सफल भएकी छन् ।
तामाङ्गलाई अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले सो सम्मान प्रदान गरेकी छन् । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार सो सम्मान अमेरिकी विदेश मन्त्रालय वासिङटन डिसीमा सन् २०११ को मानव बेखबिखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न आयोजित विशेष समारोहमा सोमबार प्रदान गरिएको हो । प्रतिवेदनमा झण्डै २२ महिना भारतीय वेश्यालयमा बेचिएकी चरीमायालाई भारतीय प्रहरीले सन् १९९६ मा उद्धार गरी नेपाल फर्काएको उल्लेख छ ।
सोह्र वर्षकै उमेरमा भारतीय वेश्यालयमा बेचिएर नारकीय जीवन बिताएकी चरीमायाले नेपाल फर्केपछि अपराधी विरुद्ध पहिलोपटक सार्वजनिक मुद्दा दर्ता गराएकी ईन । चरीमायाले चेलीबेटी बेचबिखन विरुद्ध सङ्घर्ष गरिरहेको शक्ति समूह नामको गैर सरकारी संस्था स्थापना गरेकी छन् । यो उपाधि पाउने उनी पहिलो नेपाली हुन ।
