चीनमा भएको १६ औं एसियाली खेलकुदमा नेपालका लागि एकमात्र पदक विजेता बक्सिङ खेलाडी दीपक महर्जनसम्मानित भएका छन् । महर्जनलाई दशरथ चन्द मेमोरियल ट्रष्टद्वारा स्थापित दशरथ चन्द मेधावी पुरस्कारबाट असार १७ गते सम्मानित गरिएको हो ।उनले रु १५ हजार नगदसहित प्रशंसापत्र प्राप्त गरेका छन् । क्रिकेटकी नेरी थापा मगर, फुटबलकी जमुना गुरुङ तथा शारीरिक सुगठनका श्याम श्रेष्ठ दशरथ चन्द मेधावी खेलाडीको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनीहरुले जनहरी नगद रु ८-८ हजारसहित प्रशंसापत्र प्राप्त गरे । गत अक्टोबरमा सिङ्गापुरमा भएको यु-१९ महिला कि्रकेट च्याम्पियनसिपमा कुल १९१ रन जोड्दै नेरी उत्कृष्ट ब्याट्सउमन चुनिनुभएको थियो । नेरीले कप्तानी गरेको उक्त च्याम्पियनसिपमा नेपालले उपाधि चुमेको थियो ।
यसैगरी बङ्गलादेशको ढाकामा भएको पहिलो महिला साफ फुटबल च्याम्पियनसिपमा जमुनाले व्यक्तिगत १० गोल गरेकी थिइन् । श्याम श्रेष्ठले भारतको बनारसमा भएको विश्व बडी विल्डिङ च्याम्पियनसिपमा कास्यपदक जितेका थिए ।मध्यपश्चिमााचलबाट आशिष चौधरी तथा सुदूरपश्चिमााचलबाट शारदाकुमारी ठगुन्ना उत्कृष्ट खेलाडी चयन भए । खेलाडीद्वयले नगद रु १०-१० हजार र प्रशंसापत्र प्राप्त गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, सदस्य नम्बर सेर्पा, मुकुन्द पहरी ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्दलगायतले नगद तथा प्रशंसापत्र प्रदान गरे ।
