राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो
नेपाली समाजमा एउटा चर्चित आहान छ । फलाना फलाना समयमा फलानो ठाँउमा लम्रक लम्रक गर्दे आफुतिर आइरहेको साँढेको अण्डकोषको भब्यतालाई देखेर भरखरको पट्ठा ब्वासोंले मन थाम्नै सक्दैन । तर साँढेलाई ढलाएर त्यो झपट मार्न पनि उ सक्दैन । हष्टपुष्ट लर्के साँढेको लटरम्म झुलिरहेको अण्डकोषको मोहनीले लट्ठिएर ब्वाँसो सम्मोहित भई साँढको पछि पछि लाग्छ । उसलाई खाना पिउन बस्न र सुत्नको कुनै सुध हुदैंन । एकोहोरो उसको अर्जुनदृष्टि त्यहि आकर्षक दुईटा फलले खिचिरहेको हुन्छ । मस्तमौला साँढे जता जान्छ, उ पनि त्यतै लाग्छ । बर्षो बित्छ तर झर्ला र त्यसको रस्वादन गरुला भनेर हिंडेको ब्वाँसो अनायासै थाक्छ । अण्डकोष पनि सानो सानो देख्न थाल्छ । उसका पदचाप लत्रक्क झुल्न थाल्छन् । मुटु स्वाँ स्वाँ गर्न थाल्छ । उ अगाडि बढ्नै सक्दैन । साँढे अगाडि बढिरहेकोछ । क्रमश आँखाबाट ओझेल पनि हुन थालिसक्यो तर अँह उसले पाईला बढाउन सक्या होइन । उ गर्लम्म ढल्छ । बल्ल उसले बुझ्छ उसको यौवन त पूरै लालसाले खर्लप्पै निलेछ । उ सुस्केरा हाल्छ । केहि समयमै परलोक पुग्ने समयको प्रतिक्षामा आफ्नो यौवनको कालजयी समय बिताएकोमा आफैलाई मरिन्जेल धिक्कार्छ ।
हाम्रा पुर्खाहरुले कथेको यो कालजयी आहानभित्र हाम्रा नेता एमएस थापा र तिनको दल राष्टिय जनमुक्ति पार्टीको सुन्दर सपना छिपेकोछ । यो उखान जनमुक्ति पार्टीका उनी र अर्का नेता गोरेबहादुर खपाङ्गीसंगको चरित्रसंग खुब जिवन्त हुन्छ । १८ असोज र १९ माघमा तत्कालिन साँढे ज्ञानेन्द्रले सत्ता आफ्नो मुठ्ठीमा पार्दा त्यो सत्ताको रस चाख्न यी दुई नेता ज्ञानेरुपी साँढेको मदमत्त चाल निहार्दे तिनको पछिपछि जंगल चहारे । त्यसो त यो झर्ला र खाँउलामा ठूला दलका नेता जुन यो देशका प्रमुख नै बनिसके, पनि थिए , तर ती अग्रभागमा थिए । तिनले अलिअलि चुहिएको रसले जिव्रो लेप्च्याए ।
अलि पछि भएका गोरेले पनि उनको फुलेको दाह्ीमा झरेको ब्रम्हबुटीको एक थोपाले मुख मिथ्याए । तर बिचरा यी माथिका भन्दा अलि उमेरले पनि थाकेका खुईलो टाउकोमा घाम टर्लक्क हुँदासम्म साँढेको पछाडि चहार्दा चहार्दालखतरान भएका अध्यक्ष बाजेले भने त्यहि पनि सुँध्न पाएनन् ।
बारी बारी चर्न थालेको उन्मक्त त्यो साँढेलाई जंगल कटाइदिए, जनताले । तर मैदानमा फेरि अर्का बाच्छाहरु देखिए । तिनका पछाडि पनि पाइन्छ कि भन्दै लागे अध्यक्ष महोदय । तर तिनले पनि लाट्टाले ब्याक किक दिए तर चुहन फुटुक्कै दिएनन् । कामरेड माधव जो अध्यक्ष महामहिम भन्दा पनि जुनियर हुन् कम्युनिष्ट आन्दोलनका । तिनले पनि थापाजी तपाईलाई नै यो कानुनमन्त्री भन्दै लत्रकलत्रक हल्लाइदिएर मुखबाट रस निकाल्न केहि कसर छाडेनन् । तर त्यो प्रेम बहादुर र्सीहलाई दिएर कामरेड नेपालले थापा बाजेलाई तीन चित पारिदिए ।
हैन यो साँढे त बेस रहेनछ भनि फेरि अर्को साँढे हेरिरहेका थापा ब्वाँसाले गजक्क गजक्क मन्टो यता र उता बटार्दे सबै बाच्छाहरुलाई किक मार्दे बिचरण गरिरहेका अजंगको मुस्ले साँढे र त्यसको मुनी झुण्डिएको खाइलाग्दो फल देखे । ब्वाँसो त्यतै दौडियो । त्यो झर्ला कि खाँउला भनेको पनि दुई बर्ष हुन थालिसक्यो । खै चुहिने होइन । ल ल थापा जी भनेको पनि यत्रो भैसक्दा पनि ब्वाँसो चाहि मुख मिथ्याएर आज्ञाकारी बालक झै लुरुलुरु पछाडि हिंडेकैछ । तर पूरानै चाला छ ।
त्यसको बदलामा उनले के के कुर्वानी गरेनन् र । जनजाति मुद्दा उठाएर आन्दोलन गरिरहेका सहकर्मीहरुको साथ चटक्कै छादिदिए । सरकारको बिरुद्धमा एक आखर बोल्न चाहदैनन् । बरु संविधानसभारुपी खोरमा भसक्क निदाईदिन्छन् । हो कि निदाए जस्तो गरिदिन्छन् । आफ्ना साथीहरु ४ जनालाई सभामुखले मार्सल लगाएर कार्वाही गरे तर उनी अझै सुत्या सुत्यै छन् । झर्ला कि खाँउला भन्दै जिब्रो निकालेर पछि पछि लाग्याछन्। प्रचण्ड प्रतापी साँढेसंग ।
खै यतिको ब्वाँसो धर्म निभाउदा पनि र्हेक्वार्टरले केहि भाउ दिया होइन । यो आधुनिक ब्वाँसोको पनि जोवन त्यसै खेर जाने हो कि भन्ने हामलाई चिन्ता लागिराछ ।
