सत्ताधारी जातिको नेपाल प्रहरीमा कुँडली मार्ने गायत्री मन्त्र

Read Time:40 Minute, 22 Second

डिआइजी कुवेरसींह राना मगरको बढुवासंगसंगै एउटा डरलाग्दो षड्यन्त्रको तानाबुना शुरु भैसकेकोछ । उनलाई वध गर्न साम्प्रदायिक तत्वहरुले रचेको जालोमा नेपाली राजनीति पनि संलग्न भएको देखिन थालेकोछ ।

-भीम थापा मगर

सधैं एउटा जातको पकडमा रहने गरेको लोकसेवा आयोग जसले गैर नेपालीभाषीहरुको उपस्थितिलाई नकार्दे नेपाली भाषाको महिमागाथा गाउदैं निष्पक्षताको ढ्वाङ फुक्नेगर्छ । जुन सबैभन्दा विभेद गर्छ त्यसले विरोध गर्यो । आफुलाई जानकारी नदिइएको भनेर । यसअघिका बाहुन क्षेत्री प्रहरी अफिसर्सहरुलाई बढुवा गर्दा चुपचाप बस्ने लोकसेवा आयोग यसपटक जनजाति प्रमुख हुन थाल्यो भन्दै बुरुक्क उफ्रियो । तर ती साम्प्रदायिक तत्वको स्वार्थ त्यतिले पूरा नहुने भएपछि तिनले धनुषामा भएको एउटा केसलाइ बहाना बनाई केहि मधेसी नामधारी मानवअधिकारकर्मीहरुलाई उनको विरुद्ध मुद्दा दायर गर्न लगायो । दिपेन्द्र झाँ नामक ति मुद्दा दर्ता गर्ने मधेसी बाहुन नेपाली राजनीतिका खतरनाक खेलाडी कनकमणि दिक्षित, मन्दिरा शर्मा , सुवोध र सुशिल प्याकुरेल जस्ता कट्टर जातीवादी कथित मानवअधिकारकर्मीका टिमका मान्छे हुन् भन्ने समाचार बाहिर आइरहेकोछ । उनीहरु जे आवरणमा आएपनि आखिर जातीवादी सत्ता बचाउन चाहिं एकजुट हँदा रहेछन् भन्ने यो गतिलो उदाहरण हो ।
एउटा जनजाति आफ्नो बुताको बलमा राम्रो पदमा जान खोज्दा सधैं यस्तै षड्यन्त्र गरिन्छ । तर बाहुन क्षेत्री जाँदा भने त्यस्तो केहि गरिदैन बरु अयोग्यलाई पनि योग्य बनाएर त्यहाँ लगिन्छ । यसअघि नेपाली सेनाका प्रमुख दावेदार छत्रमान गुरुङलाई पनि त्यसै गरिएकोथियो । सक्षम र पाउनैपर्ने पद पनि नदिन उनी उपर ठूलो राजनीति गरिएकोथियो । आफुलाई जनजातिको मसीहा दावी गर्ने एमाओवादीकै सरकारले नै उनलाई बाहिर फाली उनी पछि रोलक्रममा रहेका कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउन थालिएकोथियो । तर त्यसमा नेपाली काग्रेंस र विशेषगरि राष्टपतिको विरोधपछि माओवादी सफल हुन सकेन । त्यो कार्यमा प्रचण्डलाई अहिलेका प्रधानमन्त्री झलनाथ खनाल र उनको दलको पनि  सहयोग थियो ।

अहिले त्यतिबेलाका दोश्रो ब्यक्ति खनाल प्रधानमन्त्री भई आएकाछन् । प्रचण्ड उनको ठाँउमा छन् । नेपाल प्रहरीमा फेरि त्यहि खेल शुरु भकएोछ । सबैभन्दा सक्षम मानिएको केवी राना जो रोलक्रममा  पनि नंवर एकमा छन्, लाई हटाउन जातीवादीहरुको फेरि चलखेल शुरु भएकोछ । विभिन्न आरोप सहित ति मैदानमा उत्रिएकाछन् । धेरै पर्दा पछाडिबाट लागिरहेकाछन् । वाहुनवादी सत्ता बचाउन सबै एकजुट भएकाछन् । जबकी के प्रष्ट छ भने राना प्रहरी प्रमुख बनेर गएपनि उनले त्यहाँ जनजातिका लागि गर्ने केहि खास हैनन् । किनकी तिनले त्यहाँ गएर गर्ने केहि सक्दैनन् । नेपाली सत्ताको यस्तो संरचना छ कि त्यहाँ एउटा दुईटा जनजाति, दलित , मधेसी पुगेर केहि हुनेवाला छैन । सधै एउटा जातको गृहमन्त्री बनिरहेको हुँदा तिनले सधैं नेपाल प्रहरीमा आफ्ना जातलाई मात्र भर्ति गर्दे आइरहेकाछन् । ठूला पद तिनको कब्जामा छ । अन्य समूदायलाई विभिन्न बहानामा फेल गराईन्छ । त्यसमा लोकसेवा जस्तो कट्टर जातीवादी संस्थाको पनि  रोल देखिन थालेकोछ । आरक्षण कोटामा समेत जनजाति, मधेसी, दलितलाई फेल गराएर अरु जातिलाई त्यो पद दिने लोकसेवा हैन त्यसको नाम बाहुन सेवा आयोग राखिनुपर्छ भनिएको त्यसै होइन ।जातीवादी सत्ता बचाउन गृहमन्त्री कहिल्यै नछाड्ने बाहुन सत्ताले के षड्यन्त्र गरेको हुन्छ भन्ने सानो उदाहरण प्रहरी प्रशासन हो । केवी राना त पंचायतकालमै भर्ति भएर आएको हुनाले उनी अहिले यो पदमा पुग्न सकेका हुन् । तर अहिलेको विभिन्न आवरणमा लुकेका जातीवादी सरकारहरुले त्यसरी अन्य समूदायलाई प्रमुख पदमा आउन नदिन के के न तिकडम खेलेका छैनन् र ?

तिनजना प्रहरी महानिरिक्षक र तिनजना गृह मन्त्रीहरुलाई करोडौं भ्रष्टचार गरेको भनेर प्रमाणित नै भइसक्दा पनि कार्वाही हुदैन । खिलराज रेग्मीको हत्याको जुन प्रयास भयो उक्त योजनाको आरोपीलाई किटानी जाहेरी दिदा पनि कार्वाही हुदैन । यो यस्तो देश हो जहाँ बाहुनहरुको लागि जसले जे मन लाग्छ त्यही गरेर हिड्न पाउने तर एउटा मरेको गाई काटेर खाँदा चाहि आदिवासी जनजातिहरु जेल जान पर्ने ! राणाको पालामा जस्तो वाहुनहरुलाई सजाय नहुने जनजातिहरुलाई मात्रै सजाय हुने । यस्तो जातीवादी सत्ता चलाउन एउटा जनजातिलाई नेतृत्व दिने कुरै भएन । त्यसैले बाहुन बौद्धिक, सत्ता, मीडिया र कथित मानवअधिकारकर्मीहरु अरिगांल झैं रानामाथि ओइरिएकाहुन् ।
अब भविष्यका प्रहरी प्रमुख र महत्वपूर्ण पदमा को पुग्छन् भनेर हेर्न प्रहरी संरचनाभित्र डिएसपीहरुलाई हेर्नुपर्ने हुन्छ । यिनीहरुले नै हुन् भोलिको प्रहरी संगठन चलाउने । तर तिनको जातीय विवरण हेर्ने हो भने कसरी बाहुन नै प्रमुख बनाउने सेटअप गरिएकोछ भन्ने प्रष्ट हुन्छ । सरकारले मिति २०६८।०३।०५ गते  का दिन सरुवा  गरेको १५४ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) हरुको सरुवा नामावाली हेर्ने हो भने त्यसमा बाहुन जाति मात्र ६६ जना छन् । क्षेत्री ५० जना देखिन्छन् । तराईमा बस्ने थारु, माझी, यादव लगायतका जातीय समूह १५ जना र पहाडे जनजाति (सबभन्दा धेरै भएका नेवार जोडेर ) २३ जना मात्र छन् । बरिष्ठताको हिसाबले टाठाबाठा जातीय समूहहरु नै अगाडि छन् । राम्रो जिल्लामा पनि तिनलाई नै सरुवा दिइएकोछ । आफ्नो मान्छे भएकाले मात्र यस्तो सुविधा पाँउछन् । यो नामावाली हेर्दा अव आउने प्रहरी प्रशासनको नेतृत्व अपबादलाई छोडेर सदैव बाहुनको सञ्जाल र पक्कडमा जाने देखिन्छ ।
यो जातिबादी शासनको अन्त्य नभएसम्म आदिवासी जनजातिले सधै केवीकै नियति भोगिरहनुपर्नेछ । यो हट्दैन झन बढ्छ । लोक सेवा आयोगमा त्यस्तै छ , प्रहरीको सहायक नायब निरिक्षकको भर्ना छनोटमा त्यस्तै हुन्छ । सेनाको सहायक सेनानी पदमा भर्ना छनौट हुदा त्यस्तै हुन्छ । महिलाहरुको हकमा त्यस्तै हुन्छ । आदिवासी जनजातिको हकमा त्यस्तै छ नामै फेरेर आदिवासी जनजातिको कोटामा उनीहरु नै जान्छन् । आदिवासी जनजातिलाई संबिधानमा लेखेपछि अधिकार दिनु पर्छ भनि आपूmहरुले खाईपाई आएको भाग खोसिन्छ भनेर संविधान नै नलेख्ने षड्यन्त्र भैरहेकोछ ।  यस्तो चरम दमनमा पनि आदिवासी जनजातिहरु एमाले, काग्रेस र माओबादीको खोल ओडेर बस्ने अनि उनीहरुको हतियार मात्रै हुने हो भने तिनको हतियार कै चाला हुनेछ ।  चाहिदा प्रयोग गर्ने नचाहिंदा थन्क्याईदिने । तिनको कहिल्यै हुदैंन मुक्ति । कहिले हो हामी आफ्नो अधिकारको लागि लड्ने ? अधिकार भन्ने कुरा मागेर पाइदैन भन्ने थाहा हुदाहदै हामी किन संघर्ष गर्दैनौं ।

अब पनि केहि गरिएन भने भोलीका दिन पनि हाम्रो लागि शुभ छैन । हामीले जे भोगिरहेकाछौं हाम्रा सन्ततिले पनि त्यहि नियति भोग्नेछन् । त्यसैले विशेष गरेर विदेश बस्नेहरुले पनि अलिकति पढ्ने र बुभ्mने प्रयास गरौं । आफूले सकेको भौतिक, नैतिक, बौद्धिक र आर्थिक रुपमा नेपालमा संघर्ष गरिरहेका र हाम्रो मुक्तिको आवाज बोकेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हिडिरहेका हाम्रा दाजुभाईहरुलाई सकेको सहयोग गरौं । जातीवादी सत्ता बचाउने प्रमुख दलहरुलाई हामीले गर्ने सहयोगले तिनको सन्ततिको हो भलो हुने । हामीले पनि हाम्रै सत्ता स्थापना गर्न राजनीति गरिरहेका दलहरुलाई सहयोग गरौ र आफ्नै सन्ततिको लागि योगदान दिऔं । भोलीको पिढिको लागि अहिल्यै देखि केही सोचौं । राज्य र सत्ताको बारेमा गहिरो सोचेर चेतनशील होऔं र यसको लागि सामूहिक प्रयास पनि गर्रौ ।

……………………………………………………………………

सरुवा गरिएका डीएसपीहरु जसले भोलि प्रहरी प्रशासन हाँक्छन् —–

सि.नं. ………..   नाम थर  ——– साविक दरबन्दी ——-हाल सरुवा भएको —– दरबन्दी खालीको कारण

१.     राजेन्द्र प्रसाद भट्ट जि.प्र.का.सल्यान         प्र.प्र.का.प्रशासन विभाग          लोकेन्द्र श्रेष्ठ       सरुवा

२.     उत्तम पाण्डे प्र.प्र.का.पाठ्यसामाग्रि शाखा   प्र.प्र.का.कानून शाखा         राजन अधिकारी      सरुवा

३.     मनोज कुमार यादब  जिल्ला प्रहरी कार्यालय उदयपुर  प्र.प्र.का.के.प्र.पुस्तकालय  कृष्ण ब.पल्लीमगर   सरुवा

४.     सुदमकुमार सिजापति जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु  प्र.प्र.का.अ.अ.विभाग गोबिन्द प्रसाद आचार्य सरुवा

५.     स्थानेश्वर रेग्मी क्षे.प्र.ता.के.भरतपुर      प्र.प्र.का.तालिम शाखा        अच्यूत प्र.पुडासैनी     सरुवा

६.    बिक्रम बहादुर चन्द जिल्ला प्रहरी कार्यालय ईलाम  प्र.प्र.का.सुरक्षा महाशाखा   ध्रुव कुमार महरा     सरुवा

७.    यज्ञबिनोद पोखरेल
जिल्ला प्रहरी कार्यालय पाँचथर  प्र.प्र.का.यु.एन जगेडा   अनुराग कुमार द्विवेदी   सरुवा

८.    रेवती ढकाल जिल्ला प्रहरी कार्यालय मोरङ्ग    प्र.प्र.का.यु.एन जगेडा       अरुण पौडेल         सरुवा

९.    अरुण कुमार बि.सी. जिल्ला प्रहरी कार्यालय धनकुटा  प्र.प्र.का.जगेडापुल    नरेन्द्र प्रसाद उप्रेती     सरुवा

१०   . सुदन सिंह बस्नेत
म.न.प्र.आ.को का.काठ.   प्र.प्र.का.यु.एन जगेडा       शरद कुमार तामाङ्ग    सरुवा

११.    सुरेन्द्र बहादुर सिंह म.न.प्र.आ.को.का.काठ.   प्र.प्र.का.जगेडापुल          दिपशम्शेर ज.ब.रा.    सरुवा

१२.   पवन कुमार गिरी म.न.प्र.बृक्त बौद्ध काठमाण्डौं    प ्र.प्र.का.अ.अ.विभाग    लालमणी आचार्य  सरुवा

१३. यमुना रजक
जिल्ला प्रहरी कार्यालय डोल्पा    प्र.प्र.का.अ.अ.विभाग      भेषराज श्रेष्ठ     सरुवा

१४. राधिका खडका
म.न.प्र.बृत्त, ठिमी भक्तपुर  प्र.प्र.का.अन्बेषण योजन महाशाखा  उमेश राज जोशी  सरुवा

१५. राजेन्द्रकुमार थापा क्षेत्री
जिल्ला प्रहरी कार्यालय रामेछाप   प्र.प्र.का.यु.एन जगेडा     गंगा पन्त    सरुवा

१६. अजय भट्टराई जि.प्र.का.सिन्धुपाल्चोक        प्र.प्र.का.यु.एन.जगेडा      पशुपतीनाथ डोटेल   सरुवा

१७. कृष्णहरी शर्मा पोखरेल
जि.प्र.का.लम्जुङ्ग     प्र.प्र.का.यु.एन.जगेडा            नर बहादुर खत्री   सरुवा

१८. ईश्वरीप्रसाद चापागाई जिल्ला प्रहरी कार्यालय तनहु  प्र.प्र.का.अ.अ.विभाग    राजेशनाथ बास्तोला  सरुवा

१९. गोरख सिंह भण्डारी
जिल्ला प्रहरी कार्यालय गोरखा   प्र.प्र.का.परिचालन कक्ष    प्रकाश लामा   सरुवा

२०. दान बहादुर कार्की ई.प्र.का.बुटवल रुपन्देही        प्र.प्र.का.ईन्टरपोल शाखा     केदार रजौरे   सरुवा

२१. बसन्त रन्जितकार    जि.प्र.का. कपिलबस्तु        प्र.प्र.का.यु.एन.जगेडा    शुशिल कुमार यादब   सरुवा

२२. नवराज भट्ट जि.प्र.का.म्याग्दी           प्र.प्र.का.बैदेशिक महाशाखा      यज्ञ बहादुर थापा    सरुवा

२३. जनक खत्री म.प.क्षे.ट्रा.प्र.का.कोहलपुर    प्र.प्र.का.अ.अ.विभाग           रमेश कुमार खडका  सरुवा

२४. जगदीश बहादुर बम सु.प.क्षे.ट्रा.प्र.का.अत्तरीया  प्र.प्र.का.ट्राफिक निर्देशनालय  मान बहादुर चौधरी  सरुवा

२५.उमेश रन्जितकार जिल्लाप्रहरी कार्यालय बाजुरा प्र.प्र.का.आतंकवाद नि.महाशाखा रणबहादुर रायमाझी सरुवा

२६. नरेशमान श्रेष्ठ    क्षे.प्र.का.सुर्खेत संचार     प्रप्रका संचार नि.संचार शाखा     बिद्याराज श्रेष्ठ      बढुवा

२७. यज्ञ बहादुर थापा प्र.प्र.का.बैदेशिक महाशाखा   प्र.प्र.का.यु.एन.जगेडा      जनकराज  पाण्डे      सरुवा

२८. गणेश चन्द
अ.दु.अ.आयोग प्र.महाशाखा काठ.    जि.प्र.का. संखुवासभा     शेखर कोईराला    सरुवा

२९. अच्युत प्र.पुडासैनी प्र.प्र.का.तालिम शाखा    जिल्ला प्रहरी कार्यालय रसुवा     ओम बहादुर राना  सरुवा

३०. कृष्ण ब.पल्लीमगर   प्र.प्र.का.के.प्र.पुस्तकालय     म.न.प्र.बृत्त बालाजु काठ.       दिवेश लोहनी   सरुवा

३१. उमेश राज जोशी प्र.प्र.का.अ.यो. महाशाखा   जिल्ला प्रहरी कार्यालय दोलखा  धिरज प्रताप सिंह  सरुवा

३२. लोकेन्द्र श्रेष्ठ      प्र.प्र.का.प्रशासन विभाग      जिल्ला प्रहरी कार्यालय सिन्धुली    जनक भट्टराई   सरुवा

३३. राजन अधिकारी प्र.प्र.का.कानून शाखा       म.न.प्र.बृत्त ठिमी भक्तपुर      राधिका खडका     सरुवा

३४. दिपशम्शेर ज.ब.रा. प्र.प्र.का.जगेडापुल  म.न.प्र.मुख्य घटना सहायताकार्यदल काठमाडौं अशोक सिंह  सरुवा

३५. नरेन्द्र प्रसाद उप्रेती
प्र.प्र.का.जगेडापुल         जि.प्र.का. उदयपुर  मनोज कुमार यादब      सरुवा

३६. लालमणी आचार्य प्र.प्र.का.अ.अ.विभाग    अ.दु.अ.आयोग प्र.महाशाखा काठ.   गणेश चन्द    सरुवा

३७. रमेश कुमार खडका      प्र.प्र.का.अ.अ.विभाग       जि.प्र.का.सोलु     सुदम कुमार सिजापति     सरुवा

३८. राजेशनाथ बास्तोला प्र.प्र.का.अ.अ.विभाग    जिल्ला प्रहरी कार्यालयपाचथर   यज्ञबिनोद पोखरेल   सरुवा

३९. भेषराज श्रेष्ठ      प्र.प्र.का.अ.अ.विभाग      म.न.प्र.परिसर भक्तपुर         श्यामलाल ज्ञवाली    सरुवा

४०. केदार रजौरे     प्र.प्र.का.ईन्टरपोल शाखा     जिल्ला प्रहरी कार्यालय रोल्पा     कृष्णप्यारा खरेल   सरुवा

४१.कृष्ण प्रसाई
प्र.प्र.का.के.अ.ब्युरो, अभियोजन शाखा  जिल्ला प्रहरी कार्यालय सर्लाही  युवनारायण बैद्य  सरुवा

४२. केदार खनाल
प्र.प्र.का.के.अ.ब्युरो,  ईन्टेलिजेन्स महाशाखा  जि.प्र.का.महोत्तरी  रामेश्वर प्रसाद यादब सरुवा

४३. दिपक कुमार बस्नेत ला.औ.नी.का.का. इकाई काठ. जिल्ला प्रहरी कार्यालय दैलेख राजेन्द्र सिंह खड्का सरुवा

४४. ध्रुब कुमार महरा प्र.प्र.का.सुरक्षा महाशाखा    म.प.क्षे.ट्रा.प्र.का.कोहलपुर        जनक खत्री    सरुवा

४५. मधुसुदन लुईटेल प्र.प्र.का.अ.अ.विद्यालय       जि.प्र.का.मुस्ताङ्ग          राम कुमार थापा    सरुवा

४६. सुरेशराज भट्टराई प्र.प्र.का.अ.अ.विद्यालय       जि.प्र.का.स्याङ्गजा       उत्तम राज सुबेदी     सरुवा

४७. बिष्णु कुमार के.सी. रा.प्र.प्र.प्र.महाराजगन्ज   जिल्ला प्रहरी कार्यालय ईलाम  बिक्रम बहादुर चन्द   सरुवा

४८. राम प्रकाश शाह प्रहरी युक्ति तालिम     महाबिद्यालय जि.प्र.का.सल्यान   राजेन्द्र प्रसाद भट्ट    सरुवा

४९. पशुपतीनाथ डोटेल प्र.प्र.का.यु.एन.जगेडा     अं.प्र.का.जनकपुर          सुशिल सिंह राठौर    सरुवा

५०. नर बहादुर खत्री
प्र.प्र.का.यु.एन.जगेडा   जि.प्र.का. भोजपुर     गोबिन्द कुमार साह     सरुवा

५१. शुशिल कुमार यादब     प्र.प्र.का.यु.एन.जगेडा    के.बि.कार्यदल नक्साल     कंचन थापा        मृ.खा.

५२. अनुराग कुमार द्विबेदी    प्र.प्र.का.यु.एन जगेडा   जिल्ला प्रहरी कार्यालय बारा राजेन्द्र प्रसाद चौधरी सरुवा

५३. प्रज्वल महर्जन      प्र.प्र.का.यु.एन.जगेडा       म.न.प्र.पहरागण काठ.      कमल खा  ड     अवकाश

५४. अरुण पौडेल प्र.प्र.का.यु.एन जगेडा       जि.प्र.का. अर्घाखाँची        बुद्धिराज गुरुङ्ग      सरुवा

५५. शरद कुमार तामाङ्ग    प्र.प्र.का.यु.एन जगेडा      जि.प्र.का. धनकुटा      अरुण कुमार बि.सी.    सरुवा

५६. सन्दिप भण्डारी क्षे.प्र.ता.के.बिराटनगर      जि.प्र.का. लम्जुङ्ग      कृष्णहरी शर्मा पोखरेल   सरुवा

५७. बिमल बस्नेत पु.क्षे.ट्रा.प्र.का.ईटहरी      सुनसरी अं.प्र.का.सगरमाथा     जयराज सापकोटा   सरुवा

५८. बसन्त कुमार थापा जिल्ला प्रहरी कार्यालय झापा     जि.प्र.का.खोटाङ्ग     टेक बहादुर तामाङ्ग   सरुवा

५९. उमाशंकर पन्जियार    जि.प्र.का. सुनसरी     म.क्षे.स.प्र.गण नं. ३ हेटौडा   राज कुमार बैदवार    सरुवा

६०. बिनोद सिलवाल ई.प्र.का.धरान सुनसरी     अं.प्र.का.धवालागिरी      भरत बहादुर बोहरा     सरुवा

६१. प्रितमराज भट्टराई जि.प्र.का.तेह्थुम         प.क्षे.ट्रा.प्र.का.बुटवल        बिद्यानन्द माझि    सरुवा

६२. शेखर कोईराला
जि.प्र.का.संखुवासभा       क्षे.प्र.ता.के.बिराटनगर        सन्दिप भण्डारी     सरुवा

६३. गोबिन्द कुमार साह    जि.प्र.का.भोजपुर     प्रहरी युक्ति तालिम महाबिद्यालय    राम प्रकाश शाह  सरुवा

६४. जयराज सापकोटा अं.प्र.का.सगरमाथा     जिल्ला प्रहरी कार्यालय सिराहा      दिपक रेग्मी      सरुवा

६५ संजिब शर्मा दास जिल्ला प्रहरी कार्यालय सप्तरी    जि.प्र.का.रामेछाप    राजेन्द्रकुमार थापाक्षेत्री  सरुवा

६. दिपक रेग्मी जिल्ला प्रहरी कार्यालय सिराहा     क्षे.प्र.का.पोखरा     श्याम कृष्ण अधिकारी     सरुवा

६७. टेक बहादुर तामाङ्ग  जिल्ला प्रहरी कार्यालय खोटाङ्ग मनप्र बृत्त, कालिमाटी काठ. भोला बहादुर रावल सरुवा

६८.सानुराम भट्टराई मनप्रआकोका तालिम अन्वेषण,विकास तथा समन्वय शाखा जि.प्र.का.कैलाली उदयबहादुर तामाङ्ग                                                                                      
.                                                                                             सरुवा

६९. टिका बहादुर के.सी. मदनिप्रगण काठमाण्डौं     क्षे.प्र.ता.के.नेपालगंज    किसन सिंह थापा      सरुवा

७०. देब बहादुर बोगटी म.न.स.प्र.गण नं.२ काठ.  जिल्ला प्रहरी कार्यालय दार्चुला  टेक बहादुर गुरुङ्ग   सरुवा

७१. बसन्त कुमार लामा म.न.ट्रा.प्र.महाशाखा ट्राफिक अ.अ. शाखा काठ. जि.प्र.का. सिन्धुपाल्चोक अजय भट्टराई
.                                                                                          सरुवा
७२. केदार ढकाल म.न.प्र.परिसर काठ.          जि.प्र.का.ताप्लेजुङ्ग      सुदिप राजभण्डारी      सरुवा

७३. अशोक सिंह म.न.प्र.मुख्य घटना सहायता कार्यदल    प्र.प्र.का.अ.अ.विद्यालय सुरेशराज भट्टराई     सरुवा

७४. भोला बहादुर रावल मनप्र बृत्त कालिमाटी काठ.   क्षे.प्र.ता.के.दिपायल     ईश्वर कार्की      सरुवा

७५. चक्र बहादुर सिंह मनप्र बृत्त नयाँबानेश्वर काठ.   अं.प्र.का.बाग्मती      होमनाथ निरौला    सरुवा

७६. दिवेश लोहनी मनप्र बृत्त बालाजु काठ.    ला.औ.नी.का.का. इकाई काठ.   दिपक कुमार बस्नेत   सरुवा

७७. दिपक थापा मनप्र बृत्त महाराजगंज काठ.    जिल्ला प्रहरी कार्यालय मोरङ्ग     रेवती ढकाल   सरुवा

७८. दिनेश कुमार आचार्य मनप्र परिसर ललितपुर    जिल्ला प्रहरी कार्यालय म्याग्दी    नवराज भट्ट    सरुवा

७९. प्रमोद कुमार खरेल मनप्र बृत्त चापागाँउ ललितपुर क्षे.ट्रा.प्र.का.अत्तरीया कैलाली जगदीश बहादुर बम सरुवा

८०. श्यामलाल ज्ञवाली मनप्र परिसर भक्तपुर    म.न.प्र.बृत्त, बौद्ध काठमाण्डौं    पवन कुमार गिरी    सरुवा

८१. राजेन्द्र बिष्ट म.न.प्र.अ.बि.सु.गार्ड गौचर     ई.प्र.का.धरान सुनसरी       बिनोद सिलवाल     सरुवा

८२. राज कुमार बैदवार  म.क्षे.स.प्र.गण नं. ३ हेटौडा  जिल्ला प्रहरी कार्यालय गुल्मी  पदम प्रसाद सुबेदी सरुवा

८३. प्रकाश बहादुर चन्द म.क्षे.ट्रा.प्र.का.पथलैया बारा क्षे.प्र.का.दिपायल अभियोजन आनन्द प्रसाद मरहठ्ठा सरुवा

८४. सुशिल सिंह राठौर अं.प्र.का.जनकपुर     जिल्ला प्रहरी कार्यालय अछाम      रबिन्द्र के.सी.    सरुवा

८५. जगदिश पोखरेल जिल्ला प्रहरी कार्यालय धनुषा   म.न.प्र.बृत्त, महाराजगंज काठ.   दिपक थापा   सरुवा

८६. रामेश्वर प्रसाद यादब    जि.प्र.का.होत्तरी     दं.नि.प्र.गण कोहलपुर बाँके   हिम बहादुर लामा   सरुवा

८७. युवनारायण बैद्य   जिल्ला प्रहरी कार्यालय सर्लाही  जिल्ला प्रहरी कार्यालय सप्तरी  संजिब शर्मा दास सरुवा

८८. धिरज प्रताप सिंह   जिल्ला प्रहरी कार्यालय दोलखा  मप्रआको कार्यालय काठ.  सुदन सिंह बस्नेत   सरुवा

८९. जनक भट्टराई जि.प्र.का.सिन्धुली म.न.ट्रा.प्र.महाशाखा ट्राफिकअ.अ. शाखा काठ. बसन्त कुमार लामा सरुवा

९०. योग बहादुर पाल जिल्ला प्रहरी कार्यालय पर्सा   स.प्र.गण मु.का.सुर्खेत    सुर्य बहादुर के.सी.   सरुवा

९१. राजेन्द्र प्रसाद चौधरी   जिल्ला प्रहरी कार्यालय बारा   म.न.प्र.अ.बि.सु.गार्ड गौचर  भोज जंग शाह    सरुवा

९२. गौतम राज कट्टेल जि.प्र.का.मकवानपुर    जिल्ला प्रहरी कार्यालय तनहु     ईश्वरी प्रसाद चापागाई   सरुवा

९३. रबिराज खड्का जिल्ला प्रहरी कार्यालय चितवन   म.क्षे.ट्रा.प्र.का.पथलैया बारा   प्रकाश बहादुर चन्द   सरुवा

४. होमनाथ निरौला अं.प्र.का.बाग्मती   जि.प्र.का.कालिकोट      मोहन प्रसाद पोख्रेल        सरुवा

९५. रबिन्द्र बहादुर धानुक    जिल्ला प्रहरी कार्यालय काभ्रे    मनप्रआकोका बिशेष सुरक्षामहाशाखा  बसन्त रजौरे   सरुवा

९६. ओम बहादुर राना    जिल्ला प्रहरी कार्यालय रसुवा    प्रहरी युक्ति तालिम महाबिद्यालय     नबिनराज राई     सरुवा

९७. श्याम कृष्ण अधिकारी क्षे.प्र.का.पोखरा    जिल्ला प्रहरी कार्यालय कपिलबस्तु    बसन्त रन्जितकार       सरुवा

८. गोबिन्द प्रसाद भट्टराई क्षे.प्र.का.पोखरा    अभियोजन समुह जिल्ला प्रहरी कार्यालय मुगु  बिष्णु बहादुर कार्की (क) सरुवा

९९. बिद्यानन्द माझि     प.क्षे.ट्रा.प्र.का.बुटवल      जिल्ला प्रहरी कार्यालय झापा      बसन्त कुमार थापा          सरुवा

१००. उत्तम राज सुबेदी
जि.प्र.का.स्याङ्गजा       मनप्र परिसर काठमाण्डौ      केदार ढकाल                सरुवा

१०१. नल प्रसाद उपाध्याय    जिल्ला प्रहरी कार्यालय मनाङ्ग   म.न.प्र.बृत्त, चापागाँउ ल.पु.  प्रमोद कुमार खरेल  सरुवा

१०२. कुशलप्रसाद गड्तौला
अं.प्र.का.लुम्बिनी      म.न.प्र.पहरागण काठ.      गोविन्दप्रसाद थपलिया           रा.खा.

१०३. उमा प्रसाद चतुरबेदी जि.प्र.का.रुपन्देही      जि.प्र.का.बाग्लुङ्ग         बिकाशराज खनाल            सरुवा

१०४. सुरेन्द्र प्रसाद मैनाली जि.प्र.का.नवलपरासी     जिल्ला प्रहरी कार्यालय काभ्रे    रबिन्द्र बहादुर धानुक     सरुवा

१०५. बुद्धिराज गुरुङ्ग         जि.प्र.का.अर्घाखाँची         प्र.प्र.का.अ.अ.विद्यालय         मधुसुदन लुईटेल       सरुवा

१०६. पदम प्रसाद सुबेदी
जिल्ला प्रहरी कार्यालय गुल्मी    क्षे.प्र.का.पोखरा औठाछाप समुह   नान्तीराज गुरुङ्ग    सरुवा

१०७. भरत बहादुर बोहरा अं.प्र.का.धवालगिरी      जिल्ला प्रहरी कार्यालय डोटी      मुकेश कुमार सिंह     सरुवा

१०८. बिकाशराज खनाल
जि.प्र.का.बाग्लुङ्ग        प्रप्रका के.अ.ब्युरो, ईन्टेलिजेन्स महाशाखा    केदार खनाल    सरुवा

१०९. राम कुमार थापा
जि.प्र.का.मुस्ताङ्ग        जि.प्र.का.मकवानपुर         गौतम राज कट्टेल          सरुवा

११०. हरिराज वाग्ले
जिल्ला प्रहरी कार्यालय पर्वत     मनसप्र स.प्र.गण नं.२ काठ.    देब बहादुर बोगटी     सरुवा

१११. मधुसुदन खड्का क्षे.प्र.का.सुर्खेत अभियोजन      जिल्ला प्रहरी कार्यालय डोल्पा       यमुना रजक     सरुवा    

११२. किसन सिंह थापा क्षे.प्र.ता.के.नेपालगंज      जिल्ला प्रहरी कार्यालय रुकुम           होमजंग चौहान     सरुवा

११३. हिम बहादुर लामा      दं.नि.प्र.गण कोहलपुर बाँके   जिल्ला प्रहरी कार्यालय हुम्ला    शिशिरकुमार कर्माचार्य   सरुवा

११४. सुर्य बहादुर के.सी. स.प्र.गण मु.का.सुर्खेत       जिल्ला प्रहरी कार्यालय बझाङ्ग       डिल्लीराज बिष्ट     सरुवा

११५. लक्ष्मण गिरी जिल्ला प्रहरी कार्यालय दाङ्ग     जिल्ला प्रहरी कार्यालय तेह्थुम      प्रितमराज भट्टराई     सरुवा

११६. होमजंग चौहान       जिल्ला प्रहरी कार्यालय रुकुम    जि.प्र.का.चितवन               रबिराज खड्का       सरुवा

११७. कृष्णप्यारा खरेल जिल्ला प्रहरी कार्यालय रोल्पा      जिल्ला प्रहरी कार्यालय बर्दिया     हिरालाल धमला    सरुवा

११८. बिनोद घिमिरे जिल्ला प्रहरी कार्यालय बाँके        जि.प्र.का.डडेलधुरा       अर्जुन चन्द ठकुरी       सरुवा

११९. हिरालाल धमला जिल्ला प्रहरी कार्यालय बर्दिया    क्षे.स.प्र.गण मु.का.धनगढी      रमेश कुमार पोखरेल  सरुवा

१२०. राम प्यारा खरेल जिल्ला प्रहरी कार्यालय जाजरकोट   क्षे.स.प्र.गण मु.का.पोखरा     आभुषण तिमिल्सीना   सरुवा

१२१. राजेन्द्र सिंह खड्का जिल्ला प्रहरी कार्यालय दैलेख      क्षे.प्र.का.सुर्खेत अभियोजन     मधुसुदन खड्का    सरुवा

१२२. जिबन कुमार श्रेष्ठ(क) जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रप्रका के.अ.ब्युरो चोरी अपराधअनुसन्धान शाखा रमेश कुमार बस्नेत                                                                                                 सरुवा

१२३. सुरेन्द्र बहादुर गुरुङ्ग      जिल्ला प्रहरी कार्यालय जुम्ला      जिल्ला प्रहरी कार्यालय पर्वत    हरिराज वाग्ले     सरुवा

१२४. शिशिरकुमार कर्माचार्य     जिल्ला प्रहरी कार्यालय हुम्ला      क्षे.प्र.ता.के.भरतपुर         स्थानेश्वर रेग्मी     सरुवा

१२५. मोहन प्रसाद पोख्रेल जिल्ला प्रहरी कार्यालय कालिकोट       जिल्ला प्रहरी कार्यालय दाङ्ग     लक्ष्मण गिरी  सरुवा

१२६. बिष्णु बहादुर कार्की(क) जिल्ला प्रहरी कार्यालय मुगु       जिल्ला प्रहरी कार्यालय बैतडी    सुकदेव न्यौपाने   सरुवा

१२७. दिपेन्द्र घर्तिक्षेत्री (जि.सी.) क्षे.प्र.का.दिपायल        जिल्ला प्रहरी कार्यालय जुम्ला      सुरेन्द्र बहादुर गुरुङ्ग     सरुवा

१२८. आनन्द प्रसाद मरहठ्ठा क्षे.प्र.का.दिपायल अभियोजन    जिल्ला प्रहरी कार्यालय सुर्खेत  जिबन कुमार श्रेष्ठ (क)  सरुवा

१२९. बृष बहादुर रावल क्षे.प्र.का.दिपायल औठाछाप     जिल्ला प्रहरी कार्यालय बाजुरा    उमेश रन्जितकार     सरुवा

१३०. ईश्वर कार्की क्षे.प्र.ता.के.दिपायल         जि.प्र.का.जाजरकोट       राम प्यारा खरेल          सरुवा

१३१. रमेश कुमार पोखरेल क्षे.स.प्र.गण मु.का.धनगढी      अं.प्र.का.लुम्बिनी      कुशल प्रसाद गड्तौला       सरुवा

१३२. उदय बहादुर तामाङ्ग     जिल्ला प्रहरी कार्यालय कैलाली    जिल्ला प्रहरी कार्यालय बाँके     बिनोद घिमिरे    सरुवा

१३३. मुकेश कुमार सिंह      जिल्ला प्रहरी कार्यालय डोटी     जिल्ला प्रहरी कार्यालय सुनसरी   उमाशंकर पन्जियार  सरुवा

१३४. रबिन्द्र के.सी.
जिल्ला प्रहरी कार्यालय अछाम     जिल्ला प्रहरी कार्यालय पर्सा    योग बहादुर पाल      सरुवा

१३५. डिल्लीराज बिष्ट जिल्ला प्रहरी कार्यालय बझाङ्ग     क्षे.प्र.का.दिपायल औठाछाप      बृष बहादुर रावल     सरुवा

१३६. बिर बहादुर ओली
अं.प्र.का.महाकाली           मनप्र बृत्त नयाँबानेश्वर काठ.   चक्र बहादुर सिंह     सरुवा

१३७. बहादुर जंग मल्ल
जिल्ला प्रहरी कार्यालय कंचनपुर   जिल्ला प्रहरी कार्यालय गोरखा   गोरख सिंह भण्डारी  सरुवा

१३८. सुकदेव न्यौपाने जिल्ला प्रहरी कार्यालय बैतडी मनप्रआकोकातालिम अन्वेषण,विकास तथा समन्वय शाखा सानुराम भट्टराई .                                                                                                      सरुवा
१३९. अर्जुन चन्द ठकुरी जिप्रका डडेलधुरा        अं.प्र.का.महाकाली             बिर बहादुर ओली        सरुवा

१४०. टेक बहादुर गुरुङ्ग        जिल्ला प्रहरी कार्यालय दार्चुला    जिप्रका धनुषा         जगदिश पोखरेल          सरुवा

१४१. प्रकाश लामा             प्र.प्र.का.परिचालन कक्ष         पु.क्षे.ट्रा.प्र.का.ईटहरी सुनसरी    बिमल बस्नेत     सरुवा

१४२. रमेश कुमार बस्नेत प्रप्रका के.अ.ब्युरो चोरी अपराधअनुसन्धान शाखा मनप्र परिसर ललितपुर दिनेश कुमार आचार्य .                 .                                                                                                     सरुवा
१४३. नबिनराज राई       प्रहरी युक्ति तालिम महाबिद्यालय    जिल्ला प्रहरी कार्यालय मनाङ्ग   नल प्रसाद उपाध्याय  सरुवा

१४४. सुदिप राजभण्डारी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ग महानगरिय दंगा नियन्त्रण प्रहरी गण काठमाण्डौं टिका बहादुर के.सी.                                                                                                  सरुवा

१४५. गोबिन्द प्रसाद आचार्य प्र.प्र.का.अ.अ.विभाग जिल्ला     प्रहरी कार्यालय कंचनपुर    बहादुर जंग मल्ल     सरुवा

१४६. भोज जंग शाह म.न.प्र.अ.बि.सु.गार्ड गौचर      जिल्ला प्रहरी कार्यालय रुपन्देही   उमा प्रसाद चतुरबेदी  सरुवा

१४७. राकेश सिंह      स.प्र.गण नं.१ नक्साल      म.न.प्र.अ.विमानस्थल सुरक्षा गार्ड गौचर     राजेन्द्र बिष्ट       सरुवा

१४८. मान बहादुर चौधरी      प्र.प्र.का.ट्राफिक निर्देशनालय      स.प्र.गण नं.१ नक्साल        राकेश सिंह       सरुवा

१४९. रण बहादुर रायमाझी प्र.प्र.का.आतंकवाद नि.महाशाखा     प्र.प्र.का.यु.एन.जगेडा     प्रज्वल महर्जन    सरुवा

१५०. नान्तीराज गुरुङ्ग        क्षे.प्र.का.पोखरा औठाछाप समुह      प्र.प्र.का.पाठ्यसामाग्रि शाखा     उत्तम पाण्डे    सरुवा

१५१. गंगा पन्त प्र.प्र.का.यु.एन जगेडा         प्र.प्र.का.के.अ.ब्युरो, अभियोजन शाखा     कृष्ण प्रसाई     सरुवा

१५२. आभुषण तिमिल्सीना क्षे.स.प्र.गण मु.का.पोखरा     मनप्रआको कार्यालय काठ.     सुरेन्द्र बहादुर सिंह       सरुवा

१५३. जनक राज पाण्डे प्र.प्र.का.यु.एन.जगेडा       क्षे.प्र.का.दिपायल         दिपेन्द्र घर्ति क्षेत्री (जि.सी.)      सरुवा

१५४  बसन्त रजौरे       मनप्रआकोका बिशेष सुरक्षा   महाशाखा रा.प्र.प्र.प्र.महाराजगन्ज   बिष्णु कुमार के.सी.     सरुवा

(लेखक थापा मगरसंघ हङकङका पूर्व महासचिव हुन्)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %