शासकीय स्वरुपमा बहस शुरु, उत्पिडितहरुको स्वार्थमा सहमति बन्ने नबन्ने अझै अन्यौल

Read Time:1 Minute, 29 Second

संवैधानिक समिति अन्र्तगतको  विवाद समाधान उपसमितिको बैठकमा शासकीय स्वरुपका बारेमा छलफल सुरु भएको छ । उपसमितिको राजधानीमा बसेको वैठकमा राज्यको शासकीय स्वरुपमा राष्ट्रपतीय प्रणाली, संसदीय र मिश्रित प्रणालीका बारेमा छलफल भएको हो । उपसमितिमा शासकीय स्वरुपका विभिन्न मोडेलका बारेमा छलफल प्रारम्भ भए पनि कुनै निर्णय भने हुन सकेको छैन ।तर जनजाति, दलित, मधेसी समूदायले प्रत्यक्ष सरकोकार राख्ने विषयमा भने अझै दलहरुले चासो देखाएकाछैनन् । कसरी अलि अलि बाँडेर आफ्नो स्वार्थ रक्षा हुन्छ भनि उनीहरुले खुब मगज खपाइरहेकाछन् । त्यसैले झिनामसिना विषयमा त कुरा मिलेकोछ तर मूलभूत विषयमा अझै कुरा मिलेकोछै । ठाडो भाषामा भन्दा, मिलाउन खोजिएकोछैन ।
उपसमितिका संयोजक एवम् एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शासकीय स्वरुपका बारेमा छलफल सुरु भएको र यसमा सहमति भएपछि धेरै कुरामा सहमति जुट्ने बताए ।
संविधानमा मिल्नबाँकी ३०० मध्ये  ४७ बुँदामा  दलहरुवीच सहमति बन्न बाँकी छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %