फत्तेबहादुर गुरुङ, संगीता लामा र सुष्मा गुरुङले जापानमा गर्लान् धमाल ?

Read Time:1 Minute, 7 Second

पोखरा, १६ असार
असार १८ गतेदेखि २४ गते सम्म जापानमा हुने  वल्र्ड कराँते बुदो वर्कसपमा नेपालबाट सहभागी हुन पाउने प्रतिभाशाली खेलाडीहरु कराँते महासंघ कास्कीका अध्यक्ष फत्तबहादुर गुरुङ, सुष्मा गुरुङ र संगीता लामालाई  आज एक कार्यक्रम आयोजन गरि जिल्ला खेलकुद विकास समिति कास्कीले विदाई गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी पश्चिमाञ्चल खेलकुद विकास समितिका कोषाध्यक्ष रतन गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, कार्यलय प्रमुख प्रकाश बराल लगायतले खादा र अविर लगाएर यात्रा सफलताको शुभकामना दिई विदाई गरिएकोथियो ।
खेलाडीहरु शुक्रवार जापान प्रस्थान गर्ने बताइएको छ ।

हुम तमू

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %