पत्रकारहरुको थुतुनो फोर्नेहरु विरुद्ध कलमजिवीहरुले नै मुड्की उज्याएपछि ..

Read Time:7 Minute, 0 Second

राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो, १७ असार,
अरुका दुखसुखका कुरा लेखि समाचारको नयाँ नयाँ आयाम पाठकसामु पेश गर्ने संचारकर्मीहरुले आज आफ्नो पीडा कहन सडकमा मुड्की उज्याईरहेकाछन् । आजैका दिन विरोधमा सिटी फुक्ने भएकाछन् । यो हुन थालेको पनि हप्तौ भैसक्यो ।विराटनगर कार्यक्षेत्र बनाई काम गरिरहेका पत्रकार खिलानाथ ढकाललाई एमालेको मसल संस्था युथफोर्सका छत्तरेहरुले तहले बजाएपछि उत्पन्न तनाव अझै सल्टिएकोछैन । पत्रकारहरुले सरकारको कानमा न्याय माग्न अनेकन उपक्रम गरिसके । तर बहिरो सत्ता को कानमा कुनै आवाज पुगेकोछैन । हिंजो माओवादीका ठिटाहरुले संचारकर्मीका गला रेट्थे र छाती फुलाएर समाजमा देख्यौं हाम्रा विरुद्ध लेख्नेहरुको के हविगत हुन्छ भन्दै हिंड्थे आज त्यसको सिको गर्दे सेकेन्ड क्रान्तिकारी कामरेडहरुको अराजक जत्था युथफोर्सले आफ्नो दाज्यूको पदचाप पछ्याउदै ताण्डव मच्चाइरहेकोछ ।

 

राजनैतिक आडमा गुण्डागर्दी गर्ने र अकुत सम्पत्ति हसुर्ने यी यूवा जत्थाहरु दलका नेताहरुले पार्टी संगठन बढाउन नभई कसरी पैसा जुगाड गर्ने भनि जन्माएका हुन् । यी जत्थाहरुले मान्छे अपहरण गर्ने, ब्यापारीलाई फोनबाट पैसा माग्ने, ठेक्कापट्टामा कमिशन लिएर ठेक्का दिलाईदिने, साँसद खरिदविक्री गर्ने , आफ्नो दलको विरुद्ध कोहि उठेमा बजाईदिने जस्ता कार्य गर्छन् । यसमा हिंजोका मण्डले कुमण्डले सबै संगठित छन् । एमाले माओवादी काग्रेंस भएपछि करोडपति भइन्छ भने किन कोहि यस्तो मन्नाको धन्दामा नलागोस् बदमासहरु सबै एउटै छहारीमुनी ओत लागेकाछन् । तिनको अन्तिम लक्ष्य नै अकुत सम्पत्ति जोड्ने हो ।र, त्यस काममा कोहि बीचमा आँउछ भने त्यस्तालाई साफ गर्दे अघि बढ्नु हो । खिलानाथ पनि त्यस्तै गरि सफाईमा परेकाहुन् । यसमा सरकारले तिनलाई छत्रछाँया दिएकोछ ।
एमालेको आफ्नै सरकार छ । माओवादीको गृहमन्त्री छ । तर सार्वजनिक थलोमा कलम चलाएर पेट पाल्ने कलमजिवीको थुतुनो फोरेर उसको युवा मोर्चाका गुण्डाहरु खुलेआम अट्टहास गर्दे हिंडिरहेकाछन् । त्यसका प्रमुख महेश बस्नेत खुल्लमखुल्ला अभियुक्तलाई समातेर देखाउन चुनौती दिइरहेकाछन् । एउटा गतिलो शक्ति राख्ने पत्रकारलाई त यसरी ठोकेर छाती खोल्दै ंिहड्ने  राजनैतिक गुण्डाहरुले निरिह जनजाति, दलित, मधेसी जसको सत्तामा कोहि छैनन् , के गर्दा हुन् भनि कल्पना गर्दापनि आङ सिरिगं हुन्छ । पत्रकार नै विचरा भएको देशमा गरिवगुरुवा र पीडित अलपत्र पर्ने नै भए ।
भनिन्छ, संचारकर्मीको कलम जति तिखारियो उसको क्षमता नै त्यति नै बृद्धि हुने हो । तर नेपालमा त पत्रकारको कलम भन्दा उसको हातमुख बढी चल्न थाल्यो । फिल्डमा गई समाचार संकलन गरि अफिसमा आई समाचार लेख्ने पत्रकार अहिले आफै सडकमा उत्रिई समाचार बनिरहेकोछ । ढुंगामुढा गरेर । कहिले राजा फाल्न निस्कन्छ । कहिले लोकतन्त्र धरापमा परयो भन्दै कुर्लन्छ । कहिले को बलात्कार भइन भन्दै आन्दोलित हुन्छ त कहिले मानअधिकारको रक्षार्थ भन्दै नारावाजी गर्छ ।
लेख्ने हातले मुडकी बजार्न थालेपछि पत्रकार हैन दलका गुण्डा युवाहरु जस्तै पत्रकारहरुको पनि मुढे जमात तयार भैरहेकोछ , जुन दुखद छ । सरकारले सुरक्षा दिन नसकेपछि उनीहरु आफै सुरक्षामा लागेकाछन् । सरकारमात्र हैन दलहरुले पनि आफ्नो विरुद्ध लेख्ने पत्रकारलाई तर्साइराख्न पाए डराउछन् भनि यस्तो गरेका हुन सक्छन् ।तर देशमा भएका करिव ठूला दलका कार्यकर्ता जत्तिकै पत्रकारहरुले सडकमा ढुंगामुढा र आन्दोलन त्यागेर यदि साँच्चिकै कलम उठाए भने त्यो दिन नेपाली हिटलरहरुको सत्ता धरापमा पर्नेछ । अहिले करिव २० हजार पत्रकार नेपालको धरतीमा लेखेर पेट पालिरहेको तथ्याँक छ । यत्रो ठूलो जमातले साँच्चिकै आफ्नो सीप प्रयोग गरे भने मुढेबलले दंभ भर्नेहरु त्यसै बढारिएर जानेछन् ।
तर यो कुरा हाम्रा सहयात्री पत्रकारहरुले बुझेका छैनन् । ती मृगले आफ्नै कोखमा भएको कस्तुरी खोज्न जंगल जंगल दौडिए जस्तै भौतारिरहेकाछन्, कस्तुरीको लालसामा । जुन दिन बुझ्नेछन् त्यो दिन उनीहरु सडकमा हैन् कलम लिएर कार्यकक्षमा दिमाग खेलाउनेछन् र कलम घोत्नेछन् । दलका गुण्डाहरुको जवाफ गुण्डागिरी शैलीमा नडिने यो निर्णयले नव स्टालिन र माओहरुको कम्पारा सेक्नेछ । मगज पड्कनेछ । अत्तालिनेछन् र अन्ततस् ती सत्ताच्यूत हुनेछन् । त्यतिबेला बल्ल पत्रकारहरुको जित हुनेछ । दवगं नेताहरु पाखा लाग्नेछन् । राम्रा नेताहरु आउनेछन् । नराम्राहरु दादागिरी गर्न हच्कनेछन् । वाहुवलीको अन्त्य हुनेछ । लेख्ने हात ब्लेडले छिरिने छैनन् । बस्नेत जस्ताहरु चिसो छिडीमा पुग्नेछन् । खनाल र दाहाल जस्ता तानाशाहहरुको इतिश्री हुनेछ । त्यो नै सच्चा पत्रकारहरुको धर्म र विजय हुनेछ । ब्यावसायिक धर्मको जित हुनेछ । त्यसबेला साँचो अर्थमा लोकतन्त्रको बहाली हुनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %