राष्ट्रिय जनमुक्ति पार्टीको लुम्बिनी अंचल क्षेत्रीय कार्यकर्ता भेला बुटलमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गदै पार्टी केन्द्रिय उपाध्यक्ष शिवलाल थापाले सम्पूर्ण नेता तथा कार्यकर्ताहरु पुराना तिक्तता विर्सेर नयाँ शिराका साथ अघि बढ्नु पर्ने बताए । जनमुक्ति पार्टी सत्तामा नपुगी नेपाली जनताले मुक्ति नपाउने थापाको भनाई थियो ।
कार्यक्रममा पार्टीका अर्का उपाध्यक्ष केपी पालुङ्वाले पार्टीको संघीय परिषदमा पराजित नेताहरुको पनि पार्टीले मूल्यांकन गरेर उचित जिम्मेवारी दिइने बताए । आदिवासी\जनजाति, मधेशी, दलित, महिला, धार्मिक अल्पसंख्यक सबैको हितमा जनमुक्ति पार्टी निरन्तर लडीरहने धारणा राखे । <br>
भेलामा संघीय परिषद सदस्य तथा राष्ट्रिय आदिवासी जनजाति महासंघका इन्चार्ज कर्णबहादुर सुनारी र संघीय परिषद सदस्य होममाया गुरुङ्गले राष्ट्रिय जनमुक्ति पार्टीका कारण आरक्षण समावेशीता जस्ता कुराको शूरुवात भएको धारणा राखे ।
पार्टीका रुपन्देही जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गको समापतित्वमा सम्पन्न कार्यक्रममा नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्ली, पाल्पा जिल्लाका नेताहरुको सहभागिता रहेको थियो ।
जनमुक्तिको वृहत भेला बुटवलमा सम्पन्न
Read Time:1 Minute, 52 Second
