राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो , काठमाडौ, अषाढ १६
आखिर त्यहि भयो । दलित मन्त्री खड्ग विश्वकर्मालाई दण्डा लौरो लगाएर नेपाल वायुसेवाका दुईटा प्रमुख पदमा रहेका दुई जनजातिलाई चइट पारियो । प्रचण्ड कामरेडले पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गबहादुर विश्वकर्मालाई किन ल्याए भनेको त दुईटा जनजातिलाई बढार्न पो रहेछ भन्ने कुरा अहिले बल्ल आएर खुल्यो ।
कुलबहादुर लिम्बू
यसअघिको माओवादी सरकारको पालामा हिसिला यमीले आफ्नो नातेदार पर्ने सुगतरत्न कँसाकारलाई निगममा हुलेकी थिइन । उनले भिटो प्रयोग गरेर तत्कालिन कार्यवाहक अध्यक्ष कुलबहादुर लिम्बूलाई हटाई कँसाकारलाई राखेकी थिइन । मन्त्रीले त्यसो गरेपछि लिम्बुले सर्वोच्चको ढोका ढक्ढकाएकाथिए । सर्वोच्चले उनको पक्षमा फैसला दिएकोथियो ।
उनी महाप्रवन्धकमा ल्याइए । तर त्यति गरिसकेपछि पनि तिल्मिलाएका कामरेडहरुले कँसाकारको काँधमा राखेर लिम्बुको शिकार गरिरहे । ति दुईमा झगडाको विऊ लगाइदिए र कहिल्यै मिल्न दिइएन ।
कामरेडहरुको मिलेमतोमा जहाज किनेर करौंडौ रुपैया कमिशन झ्वाम पार्नका लागि कँसाकारलाई माओवादीले त्यो पदमा ल्याएकोथियो । तर लिम्बुले उनीहरुको योजना बाहिर ल्याइदिएपछि कँसाकारलाई अख्तियारले पक्राउ गरेकोथियो । उनलाई अदालतले जहाज खरिदका क्रममा भ्रष्टाचार गरेको आरोप लगाउदै जेलसमेत पठायो । पछि कंसाकारलाई बैना रकम ९७ करोड ५० लाख रुपैयाँ निगमको खातामा फिर्ता गरेपछि मात्र विशेष अदालले सफाइ दियो ।
सुगतरत्न कँसाकार
लिम्बुले गर्दा करौंडौ खोलामा गएको र उल्टै कँसाकार पनि डुबेपछि कसरी बदला लिने भन्ने ध्याउन्नमा थिए कामरेडहरु । खनाल नेतृत्वको सरकार बनेपछि प्रचण्डले विशेष प्राथमिकतामा राखी उड्ययन मन्त्रालय मागेकाथिए । उनी किन यसरी मरिहत्ते गरेका रहेछन् भन्ने यतिखेर खुलेकोछ । उनले आफ्नै अति विश्वासपात्र विकलाई त्यहाँ पठाएकाथिए । उनले त्यहाँ बाट करौडौ द्रब्य हसुर्ने दाँउ अझै छाडेका छैनन् ।
त्यसका लागि लिम्बु हटाइनुपथ्र्यो । तर लिम्बु एक्लै हटाउदा विवाद आउथ्यो । त्यसैले कामरेडहरुले आफ्नै मान्छे कँसाकारलाई शहिद बनाएर लिम्बुको वध गरे । ती दुबैलाई बहुमत भएको मन्त्रीपरिषदबाट फालिदिएकाछन् । यो प्रस्ताव विक आफैले पेश गरेकाथिए । त्यसअघि उनले लिम्बुलाई राजिनामा दिन गरेकाथिए तर उनले मानिरहेका थिएनन् ।
जहाज खरिद गर्दा आउने रकम लुटान गर्न प्रचण्डका अति हनुमान मनरुप शाही जसलाई जहाजको पँखाको अग्रेंजी नाम पनि थाहा छैन, ल्याइएकोछ । उनी कनिथुनी दश पास मात्र गरेका साहित्यकार हुन् । कविता कोर्ने लेख लेख्ने ब्यक्तिलाई त्यहाँ ल्याएपछि उनलाई केहि थाहा पनि हुदैंन र कुरा बाहिर पनि जादैंन भनेर ल्याइएको बताइन्छ ।
पाइलट समेत रहेका लिम्बु जस्ता निगम र जहाजको पुर्जा – पुर्जाका बारेमा जानेका मान्छेले भ्रष्टाचार गरेको थाहा पाएपछि कामरेडहरुले निकालेको यो आइडियाले कति काम गर्छ तर करौंडौ कमाउने दाँउ खेलेर बसेका चतुर खेलाडी प्रचण्डले चाहिं एउटा कामीको छोरोलाई समातेर नेवार र लिम्बुको खुब मजाले शिकार गरे ।
