
सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबल छनौट चरणको पहिलो खेलमा नेपाल विजयी भएको छ । काठमाडौंको दशरथ रंगशालामा असार १५ गते भएको खेलमा नेपालले पूर्वी टिमोरलाई १ का विरुद्ध २ गोलले पराजित गरेको हो ।
घरेलु दर्शकले खचाखच भरिएको रंगशालामा नेपाली टिमका स्टाईकर अनिल गुरुङ्गले १४ औं मिनेटमा पाएको पेनाल्टीमा सहज गोल गरे । पहिलो हाफमा १-० ले अग्रता लिएको नेपालले जुमानु राईको अर्को गोलबाट अग्रतालाई दुईगुणा बनाए । जुमानुले ६९ औं मिनेटमा विराज मर्हजनको पासमा पाएको बललाई जाली चुमाएका थिए । पुर्वी टिमोरका लागि कोरयाले एक मात्र सान्वना गोल गरेका थिए । उनको गोल पि्रुकिक्बाट सम्भव भएको हो ।
नेपाली टिमका महंगा खेलाडी अनिल मनाङ मस्र्याङ्दीबाट खेल्छन् भने राई राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता हुन । उनी नेपाल प्रहरीबाट खेल्छन् ।
नेपाली टिमका वि्रटिश प्रशिक्षक ग्राह्म रोर्वटको अनुशासन कारवाहीमा परेका अर्का चर्चित स्टाइकर सन्तोष साहुखल विनै नेपाली टिम मैदानमा उत्रेको थियो । पूर्वी टिमोरसँगको अर्को खेल असार १८ गते हुँदैछ ।

अनिल गुरुङ्ग जुमानु राई
