गलामीलाई नेपालबाट विदा

Read Time:1 Minute, 18 Second

असार १३

नेपाल मगर संघ हङकङका पूर्व उपाध्यक्ष तथा वरिष्ठ समाजसेवी प्रेम बहादुर गलामीलाई रुपन्देहीको बुटवलमा एक कार्यक्रमका वीच विदाई गरेको छ ।नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले अध्यक्ष गलामीलाई एक कार्यक्रमबा वीच  विदाई गरिएकोहो । संघका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टा मगरको अध्यक्षता, प्रेम बहादुर गलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मगर संघ हङकङका महासचिव लाल प्रसाद थापा, छत्र दलार्मी, तारा बलाल, जनक थापा र हुम बहादुर गाहा लगायतले बोल्दै रुपन्देहीमा देखिएको मगर संघको विवादलाई छिट्टै मिलाउनु पर्ने र मगर संघलाई राजनैतिक रुपमा अगाडि बढाउनु नहुने बताएकाथिए ।संघका सहसचिव कमला पुनको स्वागत र विष्णु दगामीको संचालनमा विदाई कार्यक्रम सम्पन्न भएको हो । उनी यहि साता हङकङ फर्कदैछन् ।

गोविन्द घर्ती

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %