सभामुख नेम्वाङ्ग विरुद्ध रिट दायर हुने

Read Time:1 Minute, 19 Second

अधिकार माग्ने चार सभासदहरु रुक्मिणी चौधरी, विश्वेन्द्र पासवान, सदरुल मियाँ हक र बुद्धरत्न मानन्धरलाई संसद भवनबाट मास्रल लगाएर बाहिर निकालेका सभामुख सुवास नेम्वाङ्ग विरुद्ध रिट दायर हुने भएको छ । संसदको आन्तरिक कारवाहीमा अदालत बोल्न नमिल्नै भन्दै सर्वोच्च अदालत प्रशासनको निर्णय न्यायधिश दामोदरप्रसाद शर्माको इजलास असार १२ गते उल्ट्याएपछि रिट दायर हुने भएको हो ।

आफूहरुलाई गैरकानुनी रुपमा निलम्बन गरेको भन्दै असार ९ गते अदालत गुहार्न पुगेका चार सभासदलाई सर्वोच्च अदालतको प्रशासन शाखाले थप निरास बनाएका थिए । संसदमा आफ्नो समुदायगत अधिकारको माग गर्ने क्रममा सभामुखले चार सभासदलाई सात दिनका लागि निलम्बन गरेका थिए । संविधानसभाबाट निर्वाचित जनप्रतिनिधिलाई पहिलो पटक नेम्वाङ्गले वैठकबाट निकालेका हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %