१६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै मगर लेखक संघको पहिलो अधिशेवन काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनबाट कर्णबहादुर बुढा अध्यक्ष, विष्णुकुमार सिँजाली वरिष्ठ उपाध्यक्ष, पूर्णबहादुर राना प्राज्ञिक उपाध्यक्ष, इर्धाश्री झाँक्री महिला उपाध्यक्ष, मेकबहादुर राना भाषिक उपाध्यक्ष (वाह्रमगरात), कर्णबहादुर बुढा डोल्पा भाषिक उपाध्यक्ष (काइके) र कमलबहादुर बुढा भाषिक उपाध्यक्ष (अठारमगरात) चयन भएका छन् ।
यसैगरी संघको महासचिवमा उचिर राना, सचिवमा सौपा मगर, कोषाध्यक्षमा सिमी पुन र सदस्यहरुमा टेकबहादुर पुन (बाग्लुङ्ग), हेमा आले (नवलपरासी), हरिता थापा (पाल्पा), यम िसंजाली (धनकुटा), शेरबहादु थापा (बाग्लुङ्ग) र रुद्र सन्देश मगर (पोखरा) रहेका छन् । ३ जना सदस्य संघको पहिलो वैठकले मनोनित गर्ने वरिष्ठ उपाध्यक्ष सिँजालीले राज्यसत्ता डटकमलाई जानकारी गराए ।
आदिवासी\जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सदस्य सचिव भईसकेर पनि मगर लेखक संघको अध्यक्ष बन्ने कसरतमा लागेका लोकबहादुर थापा मगरको चाहना भने पुरा हुन सकेन । लेखक संघको नेतृत्व यसअघि वाह्र मगर भाषी नारायण तारुङ्गले गरेकाले अठार भाषी बुढा मगरलाई दिनु पर्ने हलको माग थियो । लेखनमा आफ्ना चेला तारुङ्ग अध्यक्ष भईसकेको संस्थामा लोकबहादुर किन अध्यक्ष बन्न खोजे भन्ने चाहिँ खुल्न सकेको छैन ।
