पूर्वप्रधानमन्त्री तथा काँग्रेस नेता शेरबहादुर देउवा आफ्नो पार्टीको संसदीय दलको वैठकमा जाँदैनन् । संसदीय दलको नेतामा रामचन्द्र पौडेलसँग पराजित भएयता बसेको २६ मध्ये एउटा वैठकमा मात्रै देउवा उपस्थित भएका छन् । देउवा उपस्थित दुबै वैठक सिँहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा नभई संविधानसभा भवन नयाँबानेश्वरमा बसेको थियो ।
संसदीय दलको नेतामा हारेका देउवाले पार्टी महाधिवेशनमा पनि हार ब्योहर्नु परेको थियो । सभापतिका उम्मेदवार देउवा सुशिल कोइरालासँग पराजित भएपछि पार्टीलाई कम समय दिने गरेको काँग्रेस स्रोत बताउँछ । वैठकमा अनुपस्थित भएपनि उनले आफ्नो निवासलाई गुटगत वैठकस्थल बनाउन भने छाडेका छैनन् । काँग्रेसबाट प्रधानमन्त्री बनीसकेको एकमात्र नेता भएपनि बाहुन नेताहरुको चालका अगाडि देउवा निरीह जस्तै देखिएका छन् ।
