एआइजी रानामाथि गिद्धेदृष्टि

Read Time:1 Minute, 42 Second

आफ्नो कार्यक्षमता र योग्यताको आधारमा प्रहरी नायब महानिरीक्षक डिआइजीबाट प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीमा कुबेरसिँह राना मगर बढुवा भएकोमा लोकसेवा आयोगले गिद्धेदृष्टि लगाएको छ । आयोगले बढुवा सम्बन्धमा सरकारसँग प्रतिकि्रया मागेको छ । पदमा बढुवा गर्दा आयोगको अध्यक्ष वा निजले तोकेको आयोगको सदस्यको अध्यक्षतामा गठित बढुवा समितिको सिफारिसमा गरिने व्यवस्था रहेको भन्दै आयोगले निहु झिकेको हो ।
आयोगका प्रवक्ता डा. निराजनप्रसाद उपाध्यायद्वारा असार १० गते निकालिएको  प्रेस विज्ञप्ति गरेर बढुवा सम्बन्धमा के भएको हो भनी विवरणसहितको प्रतिकि्रया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव र गृह मन्त्रालयका सचिवलाई आग्रह गरिएको उल्लेख  छ ।
डिआइजी मध्ये सबै भन्दा वरिष्ठ तथा स्वच्छ छविका कारण एआइजीमा बढुवा भएका राना प्रहरी महानिरीक्षकका एक मात्र उम्मेदवार हुन । प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहको अवकाशपछि राना मगर महानिरीक्षक बन्ने भएकाले षडयन्त्रको तानाबाना बुन्न थालिएको हो । सुरक्षा क्षेत्रका जानकारहरु भने एआइजी रानालाई अहिलेको षडयन्त्रले खास असर नपार्ने बताउँछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %