आयो ‘पल्लो किरातको किपट व्यवस्था’

Read Time:2 Minute, 0 Second

मुलुक राज्यपुर्नसंरचनाको संघारमा रहेको बेला ‘पल्लो किरातको किपट व्यवस्था’ पुस्तक बजारमा आएको छ । पुर्वी नेपालको किरात र लिम्बुवान आसपासमा रहेको प्राचीन भूमि व्यवस्थाका बारेमा डा.नारायणप्रसाद सङ्ग्रौलाद्वारा लिखित पुस्तक असार ७ गते राजधानीमा सार्वजनिक गरिएको हो ।

जातीय अधिकार माग्दा चौधरी, पासवान, मिँया हक र मानन्धरलाई संविधानसभाबाट घोक्रे ठ्यकलगाएर निकालेका सभामुख सुवास नेम्बाङले  पुस्तक विमोचन गरेका हुन । कार्यक्रममा नेम्वाङले नेपालको एकीकरण हुनुभन्दा पहिलेदेखि नै पूर्वााचलका लिम्बुवान् र खम्बुवान्मा प्रचलित भूमि व्यवस्थाका बारेको अनुसन्धनात्मक पुस्तक महत्व हुने बताए । किपट व्यवस्था िवं सं २०२१ मा खारेज गरिएको थियो । माझ किराँत र पल्लो किराँतमा मात्र प्रचलित राइलिम्बुलाई लालमोहर गरेर दिइएको भूमि किपट हो जुन राजिनामा हुन सक्दैन ।

पुस्तकको समिक्षा गर्दै लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा डा त्रिरत्न मानन्धर, प्रा डा तुलसीराम वैद्य र लेखक खगेन्द्र सङ्ग्रौलाले लेखकले किरात प्रदेशको पल्लो किरातअन्तर्गत मूल आदिवासीको भूमि व्यवस्थालाई मात्र नभएर लिम्बूको सामाजिक व्यवस्था रीतिरिवाज धर्म र भाषाका विषयलाई चर्चा गरेको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %