पोखरामा सम्पन्न मिस मगर प्रतियोगिताको उपाधि १९ वर्षीय अनु थापा मगरले जितेकी छन् । पोखरा विरौटा निवासी अनुले उपाधिसँगै रु १५ हजार हात पारेकी छन् । यसैगरी भुमा थापा मगर फस्ट रनर अप र किशोरी आले मगर सेकेन्ड रनरअप भएपछि क्रमशः रु १० हजार र ५ हजार हात पारिन ।
मगर भाषा जान्ने त के मगर भाषा हुन्छ भन्ने जानकारी समेत नराख्ने मगर युवतीहरु प्रतिस्पर्धामा उत्रेका थिए । प्रतियोगिताबाट संगीता पुर्जा पुन मगर मिस ट्यालेन्ट, विनिता थापा मगर भ्युअर च्वाईस, प्रति आले मगर मिस डिसिप्लिन, पुष्पा थापा मगर मिस फोटोजेनिक, जया राना मगर मिस ब्युटिफुल, पिँकी पुन मगर मिस क्याटवाक, मेनका थापा मगर मिस हेयर, लक्ष्मी थापा मगर मिस स्क्रिन र सुजाता पुन मगर मिस फेन्ड्ली घोषित भएका थिए ।

