अपराधीलाई कारवाही गराउन पत्रकार फेरी आन्दोलित

Read Time:2 Minute, 57 Second

पत्रकार खिलानाथ ढकाललाई ज्यान मार्ने उद्देश्य आक्रमण गरेका अपराधी सरकारलाई ठाडो चुनौति दिँदै खुलेआम हिँड्दा पनि गृह प्रशासनले प्रक्राउ नगरेपछि नेपाल पत्रकार महासंघ दोस्रो चरणको आन्दोलनमा उत्रेको छ । एमाले लडाकु दस्ताका कमाण्डर पर्शुराम बस्नेत लगायत छानविनको दायरामा पर्ने सम्पूर्ण अपराधीलाई कडा भन्दा कडा कानुनी सजायको माग गर्दे महासंघले अघि सारेको आन्दोलन यस्तो छ ।

-असार ६ गते देखि पत्रपत्रिका, टेलिभिजन, अनलाईन र रेडियोमा पत्रकारहरुको सुरक्षाका वारेमा जनचेतना जोगाउने पीएसए प्रकाशन तथा प्रसारणका लागि आग्रह गर्ने । (प्रेसमाथि भएको आक्रमणको विरोध गरौं, दण्डहीनताको अन्त्य गरौं)

–असार ८ गते विराटनगरका पत्रकार ढकाल माथिको आक्रमणका दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन नेपाल बार एसोसिएसनसँग कानुन व्यवसायीहरुको टिम बिराटनगर पठाउने । सम्बन्धमा छलफल गर्ने

–नेपाल पत्रकार महासंघका विदेशस्थित शाखाहरुले विराटनगर लगायत मुलुकभर भएका प्रेस स्वतन्त्रताविरोधी घटनाको विरोधमा नेपाली दुतावास मार्फत सरकारलाई विरोधपत्र दिने ।

–असार ९ गते पत्रकार र पत्रकारितासँग सम्बन्धित सञ्चार संस्थाहरुसँग अन्तरक्रिया गर्ने ।

–नेपाल सरकारका महान्यायधिवक्तासँग सञ्चारमाध्यममा भएका श्रृंखलावद्ध आक्रमणका विषयमा छलफल गर्ने ।

–असार १० गते मानवअधिकारवादी, नागरिक समाजसँग अन्तरक्रिया गर्ने (केन्द्र र जिल्लामा)

–असार १२ गते महासंघको आन्दोलन वारे ब्लगर र अनलाईनमा कार्यरत पत्रकारहरुसंग अन्तरक्रिया गर्ने ।

–असार १४ गते अपराधी खोज्न सजिलो होस् भनेर ७५ वटै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई लालटिन उपहार पठाउने ।

–असार १६ गते प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार बारे देशव्यापी अन्तरक्रिया गर्ने

–असार १७ गते प्रेस माथि भएको आक्रमणबारे सरकारको ध्यानाकर्षण गराउन काठमाण्डौंको माइतिघर मण्डलामा र जिल्लाको हकमा जिल्ला प्रशासन कार्यालय अगाडी १५ मिनेट सिट्टी बजाउने ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %